
रोनाल्डोलाई बेन्चमा राखेका पोर्चुगलका मुख्य प्रशिक्षक सान्तोस बर्खास्त
मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ बाट पोर्चुगल बाहिरिएपछि पोर्चुगल फुटबल महासंघले पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गरेको छ ।
नकआउट र क्वार्टरफाइनलको २ मुख्य खेलमा टोलीका कप्तान समेत रहेका क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि कोच सान्तोसको चर्को आलोचना भएको थियो । पोर्चुगल क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित भएसँगै विश्वकपबाट बाहिरिदा पनि उनले रोनाल्डोलाई सुरुवाती ११ मा नराख्नु गल्ती नभएको अडान राख्दै आएका थिए ।

मुख्य प्रशिक्षकका रुपमा उनी पछिल्लो आठ वर्षदेखि आबद्ध रहि काम गर्दै आईरहेका थिए ।
पोर्चुगल फुटबल महासंघले उनीसँग सन् २०२४ सम्मका लागि सम्झौता गरेको भए पनि उनी सम्झौता सकिन अगावै बर्खास्तमा परेका हुन् ।

