
अर्जेन्टिनालाई फिफा बिश्वकप २०२२ को उपाधी
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । कतारमा जारि फिफा बिश्वकप २०२२ को फाईनलमा फ्रान्सलाई हराउदै अर्जेन्टिना बिश्व बिजेता बनेका छन् ।
खेलको पहिलो हाफमा फ्रान्सलाई निकै दबाबमा राख्दै खेलको २३ औ मिनेटमा पाएको पेनाल्टीलाई मेस्सीले जाली चुमाउदै खेलमा १-० को अग्रता दिलाएका थिए । त्यसपछी खेलको ३६ औ मिनेटमा डि मारियाले उत्कृष्ट गोल गर्दै खेलमा टोलीलाई २-० को अग्रता बनाएका थिए ।
खेलको दोश्रो हाफमा जब अर्जेन्टिनाले डि मारियालाई मैदानबाट बाहिर निकाल्यो त्यसपछी फ्रान्सले निरन्तर खेललाई आफ्नो पक्षमा पार्दै खेलको ८० औ मिनेटमा पाएको पेनाल्टीलाई एमबाप्पेले उत्कृष्ट गोल गर्दै खेलमा १-२ को गोल अन्तर बनाएका थिए । लगत्तै एमबाप्पेले ८१ औ मिनेटमा उत्कृष्ट ब्यक्तिगत गोल गर्दै खेलमा टोलीलाई बराबरी बनाएका थिए ।

९० मिनेटको निर्धारित समयमा दुबै टोलिबाट २-२ को गोल बराबरीमा खेल टुंगिएपछी खेलमा ३० मिनेट अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयको १०८ औ मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई जितको ठुलो आशा जगाएको थियो । तर खेलको ११८ औ मिनेटमा जब फ्रान्सले पेनाल्टी पायो र एमबाप्पेले खेलमा ब्यक्तिगत तेस्रो गोल गर्दै अर्जेन्टिनाको आशालाई निराशामा परिणत गर्दै अतिरिकेत समयमा चलेको खेललाई बराबरीमा टुग्याएपछी खेल पेनाल्टी शुटआउटमा गएर टुंगिएको थियो ।
पेनाल्टी शुटआउटमा अर्जेन्टिनाले फ्रान्सलाई ४-२ ले हराउदै फिफा बिश्वकप २०२२ को उपाधी जितेको हो ।

