
नेप्लीज अमेरिकन नर्सिङ एसोसियसनको दशौं बार्षिक सम्मेलन न्युयोर्कमा सम्पन्न,नयॅानेतृत्वमा संगीता पुडासैनी
मकै हाउस टिभी एण्ड न्युज,
न्यूयोर्क ।गत शनिवार न्यूयोर्कको क्विन्स स्थित वुडसाईड क्याफेमा नेप्लीज अमेरिकन नर्सिङ एसोसियसन (नाना) ले आफ्नो दशौ वार्षिक उत्सव मनाएको छ ।

संयुक्त राज्य अमेरिकाको बिभिन्न राज्यमा बसोबास गर्ने नेपाली नर्सहरुको छाता संगठन नेप्लिज नर्सिंग एसोसियसन (नाना)ले एक भब्य कार्यक्रम बिच दशौ बार्षिकोत्सब सम्पन्न गरेको छ । सोही साधारणसभा बाट नयॅा नेतृत्वको पनि चयन गरेको छ ।
नयॅा नेतृत्वको जिम्मेबारी सम्हालेकी संगीता पुडासैनी काप्रीको नयॅा कार्यसमितीमा १३ सदस्यहरु चयन गरेका छन् ।

संगीता पुडासैनी काप्री अध्यक्ष रहेको यस् नयॅाकार्यसमितीको उपाध्यक्षमा निमा शेर्पा, सचिवमा नविना आचार्य, सह-सचिवमा उर्मिला खड्का थापा, कोषाध्यक्षमा सनिता दास परियार र सह कोषाध्यक्षमा लामु लामा चयन भएको छ ।
त्यसैगरी, सदस्यहरुमा सबिना श्रेष्ठ, रिता श्रेष्ठ, सबिना लामिछाने वाग्ले, लक्ष्मी भण्डारी, सारिका थापा, आङ याङकी शेर्पा र सुमित्रा बोहरा चयन भएका छन् ।

कोरोना महामारीको समय संस्थाकी सकृय सदस्य सारिका थापाको प्रतक्ष्य सहभागीतामा नेपालमा १४ वटा अस्पतालमा स्वास्थ्य सामग्रीहरु समेत बितरण गरेका यस् नानाले अमेरिकामा रहेका नेपाली नर्सहरुको सहयोगार्थ कार्यहरु र नर्सिंग पेशामा आउन चाहनेहरुको लागी पनि छात्रावृती प्रदान गर्दै आईरहेको कुरा बताउदै संस्थाकी निबर्तमान अध्यक्ष पूर्णदेवी महर्जनले नब गठित नयॅाकार्यसमितीलाई बधाई तथा शुभकामना ब्यक्त गरेकी छिन् ।

