
अमेरिकामा हवाई जहाज मर्मत गर्ने काम गर्दै आएका सन्दिपले नेपालमा दुर्घटना कम गर्न ५ सुझाव दिएका छन् ।

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । संयुक्त राज्य अमेरिकाको न्युजर्सि राज्यको जर्सि सिटीमा बिगत केही बर्ष देखि बसोबास गर्दै आएका संदिप सापकोटाले नेपालमा विमान दुर्घटना कम गर्न ५ सुझाव दिएका छन् ।

संयुक्त राज्य अमेरिकाको न्युजर्सीमा रहेको नेवार्क अन्तराष्ट्रिय बिमानस्थलमा बिगत ५ बर्ष देखि एयरफ्रेम एण्ड पावरप्लान्ट टेक्निसियन र रिक्वायर्ड इन्सपेक्सन आइटम नीरिक्षकका रुपमा काम गर्दै आईरहेका संदिपले विमान मर्मत र निरीक्षण गर्ने काम गर्छन् ।

संदिप सापकोटाले अमेरिका र संसारभरको आकाशमा उड्ने ख्यातीप्राप्त कम्पनिका एयरलाइन्सहरुको सयौंपटक विमान नीरिक्षण र मर्मत गरिसकेका छन् । नीरिक्षण गरेका कैयन विमानहरु अमेरिकामा उडान योग्य र सकृय रहेको उनले बताएका छन् ।

संदिपको सुझाव अनुसार नेपालमा बिशेष गरि आन्तरिक उडान भर्ने सबै विमानहरु २ महिनाको लागि पूर्णरुपमा रोकेर सुरुबाटै नीरिक्षण लगायत सबैकुराको थालनी गर्न आबश्यक रहेको र सबै विमानको ५ बर्षको मर्मतको इतिहास निकाल्न समेत आबश्यक रहेको बताएका छन् ।

कन्फिगरेसन विचलन सूची सीडीएल, न्यूनतम उपकरण सूची एमईएल, अत्यावश्यकबाहेकका उपकरण र सामानहरू एनईफ सहित एयरफ्रेम र पावरप्लान्टको भारी जाँच विशेषज्ञहरु बोलाएर नै पूर्णरुपमा र गहिरोरुपमा नीरिक्षण र परीक्षण गर्न समेत उनले सुझाव दिएका छन् ।

संदिपले अमेरिकामा ५ बर्ष यसै क्षेत्रमा काम गरेको अनुभव सुनाउदै दुर्घटनामा परेका विमानहरुको अबिलम्ब नियमित मर्मत र नीरिक्षण सहित सबै मर्मतको इतिहास सार्वजनिक गरिनु पर्ने उनको भनाई छ ।
