Banner

नर्सिङ कोर्ष गरेका नेपालीलाई कुवेतमा आकर्षक रोजगारी

काठमाडौँ । कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाली कामदारको माग आएको छ ।

बसुन्धार स्थित ओमेगा इन्टरनेशनल प्रा.लि. मार्फत कुवेतमा नेपाली कामदार पठाउने भएको छ । नेपालमा  बिएन र  बिएस्सी नर्स कोर्ष गरी बसेका महिला तथा पुरुषहरुको लागि कुवेत अफिस कम्पनीमा यो सुनौलो अवसर आएको छ । सिटी ग्रुप कम्पनीले डेण्डरमार्फत प्राप्त गरेको कुवेतको स्वास्थ्य मन्त्रालय अन्र्तगत सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाली कामदारहरुको माग गरेको नेपाल स्थित ओमेगा इन्टरनेशनल प्रा.लि.ले जानकारी दिएको छ ।

कुवेतको सरकारी स्वास्थ्य संस्थामा नेपाली हेल्थ टेक्निसियनको माग

कुवेत सरकारी स्वास्थ्य संस्थामा सेवा गर्नका लागि आवश्यक योग्यता पुगेको र न्यूनतम २ वर्ष अनुभव लिएको हुनेपर्ने कम्पनीले जनाएको छ । आकर्षक सेवा सुविधासहितको सिटी ग्रुपमार्फत कुवेतको कुवेत वेल कम्पनी (KOC) बाट नेपालका लागि यो माग पहिलो पटक आएको ओमेगा इन्टरनेसनल प्रा.लि.ले जनाएको छ ।

बिएन तथा बिएस्सी गरेका नेपालीले मासिक २ लाख ४० हजारदेखि ३ लाख ६० हजारको बीचमा पारिश्रमिक पाउने बताएको छ । जसमा विभिन्न सुविधाहरु पनि जोडिएको छ । समयमै पारिश्रमिक पाउने र प्रत्येक वर्ष एक महिना विदाको सुविधा व्यवस्था रहेको छ । कुवेत जान इच्छुक नर्सिङ गरेका महिला, पुरुषका लागि मर्चको पहिलो साता अन्तरवाता सुरु हुने व्यवस्थान पक्षले जनाएको छ । आवश्यक थप जानकारीका लागि अफिसियल फेसबुक पेज हेर्नुहोला ।

https://www.facebook.com/photo/?fbid=618910330243152&set=a.537702601697259

Loading...