
बिधानसभा सदस्य स्टेभन रागाको कार्यालय द्वारा न्युयोर्कमा ‘निशुल्क स्तन क्यान्सर परिक्षण’ गरिदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । बिधानसभा सदस्य माननिय स्टेभन रागाको न्युयोर्क, वुडसाईड स्थित कार्यालयको संयोजकत्वमा स्तन सम्बन्धी लाग्ने रोगहरुको निशुल्क परिक्षण कार्यक्रम हुने भएको हो ।

आगामी ३१ तारिक बिहिबार (August 31, Thursday) बिहान १०:०० बजे देखि १२:०० बजे (10:00 am – 12:00 noon) एक शिफ्ट र दिउसो १:०० देखि ४:०० बजे (1:00 – 4:00) गरि २ चरणमा परिक्षण कार्यक्रम हुन लागेको हो ।

बिधानसभा सदस्य माननिय स्टेभन रागा (Hon. Steven Raga, Assembly Member, District 30, NYS) को कार्यालय, प्रोजेक्ट रेनेवल (Project Renewal), र स्क्यानभ्यान (Scanvan) को संयुक्त आयोजनामा न्युयोर्क स्थित वुडसाईड एभिन्यु,६१ स्ट्रिट, वुडसाईड (Woodside Ave. 61st St. Woodside, NY 11377) मा ४० देखि ८० बर्ष उमेर समुहका महिलाहरुको निमित्त प्रारम्भिक स्तन क्यान्सर (Early Breast Cancer) र स्तन सम्बन्धी देखिने रोगहरुको प्रारम्भिक परिक्षण निशुल्करुपमा हुन लागेको हो ।


अन्य जानकारीको लागी तल राखिएको फ्लाएरमा रहेको सम्पर्क ब्यक्ति वा कार्यालय मार्फत लिन सक्नुहुनेछ ।
