
वार्षिक सामुदायिक स्वास्थ्य मेला, भोली वुडसाईड, न्युयोर्कमा हुदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरको वुडसाईडमा “बार्षिक सामुदायिक स्वास्थ्य मेला” हुने भएको छ ।

न्युयोर्क राज्य, जिल्ला ३४ का सभा सदस्य माननिय स्टेभन रागाको कार्यालयको मुख्य आयोजना र अन्य बिभिन्न संघसंस्थाको सहकार्यमा न्युयोर्क स्थित वुडसाई एभिन्यु, ७६ स्ट्रिट देखि ७७ स्ट्रिटको खुल्ला सडकमा ज्याक्सन हाईट्स, एल्महर्स्ट र वुडसाईडमा बसोबास गर्ने जनमानसको स्वास्थ्य र बिभिन्न कुरालाई ध्यानमा राख्दै “बार्षिक सामुदायिक स्वास्थ्य मेला” हुन लागेको हो ।

भोली सेप्टेम्बर ९, शनिबार दिउसो १२:०० बजे देखी ३:०० बजे सम्म ३ घण्टा चल्ने उक्त मेलामा स्वास्थ्य सम्बन्धित शिविर संगै दॅात जाच, रक्तचाप, स्वास्थ्य बिमा सम्बन्धी जानकारी, मानसिक स्वास्थ्य स्रोत, ज्येष्ठ नागरीक सुरक्षा सेवा संगै खाना महोत्सब, अनुहार रंग्याउने कार्यक्रम, डिजे र अन्य बिभिन्न कार्यक्रम हुने भएको हो ।


अन्य जानकारीको लागी तल राखिएको फ्लायरमा सम्पर्क गर्नुहोला ।
