Banner

साहित्यकार शकुन ज्ञवालीको ‘खबरमा छु प्रिय !’को लोकार्पण शनिबार

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । साहित्यकार शकुन ज्ञवालीको ‘खबरमा छु प्रिय !’ मुक्तक संग्रह आगामी शनिबार लोकार्पण हुने भएको छ ।

 

नेपालको ग्वॅादी, गुल्मीमा जन्मनु भएकी साहित्यकार शकुन ज्ञवाली करिब १ दशक भन्दा लामो समय देखी संयुक्त राज्य अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाई स-परिवारै बसोबास गर्दै आउनु भएकी ज्ञवालीको आगामी सेप्टेम्बर २३, २०२३ शनिबार दिनको ११ः३०-३:०० सम्म नयॅा मुक्तक संग्रह “खबरमा छु प्रिय ! ” लोकार्पण हुने भएको हो । 

न्युयोर्क, क्विन्सको ज्याक्सन हाईट्स  स्थित नेपाली भान्छा घरको हलमा लोकार्पण गरिने उक्त मुक्तक संग्रह भन्दा पहिले ‘पालुवा र म’ कबिता संग्रह, ‘तिमी र म’ कबिता संग्रह, ‘भन्दिनु है बा’ कबिता संग्रह लगाएत लोक दोहोरी गित, तिज गित, कथा संग्रह  गरी दर्जनौ कृतीहरु प्रस्तुत गरिसक्नु भएको छ । भने उपन्यास चाही प्रकाशनको तयारी रहेको छ । 

उक्त मुक्तक संग्रह लोकार्पणमा न्युयोर्क र न्युजर्सी बसोबास गर्ने बिशिष्ठ ब्यक्तित्वहरुको साथै स्थानियहरुको उल्लेख्य सहभागी रहने साहित्कार ज्ञवालीले बताउनु भएको छ । 

साहित्यकार ज्ञवाली लेखन संगै राम्रो कार्यक्रम प्रस्तोता पनि हुनुहुन्छ, उॅहाले हाल सम्म दर्जन भन्दा धेरै कार्यक्रमहरु संचालन समेत गरिसक्नु भएको छ । 

Loading...