Banner

लायन्स क्लबको आयोजनामा न्युयोर्कमा भोली “रक्तदान” कार्यक्रम हुदै

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । न्युयोर्क स्थित नेपालीहरुको नेतृत्वमा रहेको लायन्स क्लबको संयुक्त आयोजनामा “रक्तदान” कार्यक्रम हुने भएको छ । 

भोली अक्टोबर १,आईतबारका दिन बिहान ११:०० देखी ५:०० बजे सम्म रक्तदान कार्यक्रम चल्नेछ । उक्त रक्तदान कार्यक्रम न्युयोर्कको क्विन्स स्थित ७५-३२ ब्रोडवे, ज्याक्सन हाईट्स (75-32 Broadway, Jackson Heights, Basement, NY 11372) को बेसमेन्टमा हुने छ । 

‘रक्तदान’ कार्यक्रम न्युयोर्कमा नेपालीहरुको नेतृत्वमा रहेको ३ वटा लायन्स क्लबहरु लायन्स क्लब अफ क्विन्स बुद्ध, क्विन्स केटिएम लायन्स क्लब र क्विन्स नेप्लिज लायन्स क्लबको संयुक्त आयोजनामा हुन लागेको हो । 

अनलाईन मार्फत अग्रीम आफ्नो नाम दर्ता गराउनको लागी तल दिईएको लिंक मार्फत गराउन सक्नुहुनेछ । 

https://donate.nybc.org/donor/schedules/drive_schedule/308727

 

Loading...