Banner

बाग्लुङ सेवा समाज अमेरिका र अन्य संघसंस्थाको सहकार्यमा “रक्तदान कार्यक्रम” सम्पन्न

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क ।बाग्लुङ सेवा समाज अमेरिका र अन्य संघसंस्थाहरुको संयुक्त सहकार्यमा न्युयोर्कमा “रक्तदान कार्यक्रम” सम्पन्न भएको छ । 

गत अक्टोबर ७, २०२३ शनिबार बिहान ९:०० बजे देखि दिउसो ३:०० बजे सम्म न्युयोर्क, क्विन्सको वुडसाईड स्थित सत्य नारायण मन्दिरको सभाहलमा बाग्लुङ सेवा समाज अमेरिका, गैर आवासिय नेपाली संघ अमेरिका, पर्वत सेवा समाज न्युयोर्क, हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर, गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टर, लायन्स क्लब अफ क्विन्स बुद्ध, जमैका नेपाली सोसाईटी, बलेवा समाज अमेरिका, सुदुरपश्चिम समाज अमेरिका, गोर्खा समाज न्युयोर्क र तमु परिवार न्युयोर्कको संयुक्त सहकार्यमा “रक्तदान कार्यक्रम” सम्पन्न भएको हो । 

सम्पन्न उक्त रक्तदान कार्यक्रममा ५१ जनाको सहभागिता रहेको थियो भने । ४२ जनाले रक्तदान गर्न सफल रहयो भने बाकी अन्य बिभिन्न स्वाथ्य कारणले यस् पटक रक्तदान गर्न असक्षम भएका थिए । 

 

Loading...