
जमैका नेपाली समाज न्युयोर्कको आयोजनामा घर खरिद सम्बन्धि एक दिने गोष्ठी सम्पन्न
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । जमैका नेपाली समाज न्युयोर्कको आयोजनामा अमोरिकामा ‘घर खरिद’ सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ ।

गत अक्टोबर २१, २०२३ का दिन जमैका नेपाली समाजको बिशेष आयोजनामा “Home buying, घर खरिद” सम्बन्धि १ दिने Real Estate Seminar सम्पन्न भएको हो , जहॅा ४० जनाको सहभागिता रहेको थियो । उक्त गोष्ठीमा मा घर खरिद प्रकृया, Pre-approval देखि घर खरिदको अन्तिम चरण सम्म चाहिने प्रकृयाहरुको बिषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुले प्रस्तुति दिएका थिए।

कार्यक्रममा Marco Lapadura (Director, Exp Realty) ले घर खरिद गर्नु अगाडी बुझ्नु पर्ने कुराहरु pre- approval, Market analysis, Home selection लगायतका बिषयमा आफ्नो प्रस्तुति दिएका थिए भने Attorney, Brian Tracz ले Home Appraisal लगायत अन्य कानुनी बिषयमा प्रस्तुती दिएका थिए। साथै Mortgage Branch Manager jaun Santana ले mortgage proceed, Down payment का option हरु ब्याज दर लगायतका बिषयमा आफ्नो प्रस्तुति दिएका थिए।

कार्यक्रममा सहभागीहरुले निकै चासो पुर्बक प्रश्न गर्ने र विज्ञहरुले जबाफ दिदा निर्धारित समय भन्दा कार्यक्रम लम्बिन पुगेको थियो । सहभागीहरूले यस्तो कार्यक्रमहरू को आवश्यकता नेपाली समुदायलाई अति नै जरूरी भएको धारणा व्याप्त गर्दै कार्यक्रम संयोजक रियल्टर राम कार्की र आयोजक जमैका नेपाली समाजलाई धन्यवाद दिदै फेरि पनि यस्ता जानकारीमूलक कार्यक्रमहरूको आयोजना निरन्तर गरि राख्न आग्रह गरेका थिए ।


