Banner

ट्रम्प राष्ट्रपति उम्मेदवारको लागी अयोग्य रहेको मेन राज्यले बताएका छन् ।

 

मकै हाउस टिभी एण्ड न्युज,  

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको मेन राज्यका शीर्ष निर्वाचन अधिकारीले डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको लागि उम्मेदवार हुन अयोग्य ठहर गरेका छन् ।

ट्रम्पले सन् २०२१ मा दंगा निम्त्याउने कार्य गराएका र संवैधानिक विद्रोहको धारा नियम बिपरित भएको ठहर गर्दै राष्ट्रपति उम्मेदवारका लागि योग्य नरहेको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  

ट्रम्पको राष्ट्रपति उम्मेदवारीका विषयमा अब सर्वोच्च अदालतको निर्णय पर्खनु पर्ने छ । भने मेन राज्यले  निर्णय गरेको केही घण्टामा नै सबै भन्दा धेरै जनसंख्या रहेको अमेरिकाको क्यालिफोर्नियाले भने ट्रम्प रिपब्लिकनको प्राथमिकतामा रहने जनाएको छ । मिशिगन र मिनेसोटा लगायत अन्य राज्यका अदालतहरूले पनि हालसालै ट्रम्पलाई उम्मेदवारको रूपमा प्रतिष्पर्धा गर्न खुला रहेको बताएका छन् ।  

Loading...