
नेपाली मुलका बिभेष गुरुंगको क्लब एफए कपमा ईप्सविच क्लब संग भिड्दै

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । ईंगल्याण्डमा जारी एफए कप (फुटबल एसोसिएशन च्यालेन्ज कप) मा आज नेपाली मुलका बिभेष गुरुंग सम्मिलित क्लबले ईप्सविच क्लब संग सामना गर्दै छ ।

आज जनवरी २७,२०२४ शनिबार बिहान ईस्टर्न समय अनुसार ७ः३० मिनेट जादा नेपाली मुलका गुरुंग सम्मिलित क्लब मेडस्टोन युनाईटेडले ईंगल्याण्ड एफए कपको चौथौ राउण्डको खेलमा ईप्सविच क्लब बिरुद्ध मैदानमा उत्रदै छ । क्लबमा मिडफिल्डबाट खेल्ने गुरुंग राम्रो फिनिशिंग गर्न सक्ने प्रभाबकारी खेलाडीको रुपमा लिन्छन् ।

एफए कप जहॅा संसारका उत्कृ्ष्ट क्लबहरु म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाईटेड, लिभरपुल, चेल्सि, टोटनहेम र आर्सनल लगाएतका क्लबहरु सम्मिलित एस एफए कप संसारकै पुरानो राष्ट्रिय फुटबल कम्पिटिसन हो, जुन कप सन् १८७१ बाट सुरु भएको हो ।
