
नेपाली अमेरिकन समाजमा सहयोगी भूमिका खेल्ने टेक लामा क्यान्सर रोग संग लड्दै, सहयोगको अपिल

मकै हाउस टिभी एण्ड न्यूज़,
क्यालिफोर्निया । नेपालको पर्यटकिय तथा ऐतिहासिक जिल्ला नम्की अजिरकोट गाऊ पालिका वार्ड नम्बर ४ गोरखामा जन्मनुभएका टेक लामा क्यालिफोर्निया स्थित नेपाली समाजमा दयालु मन भएको समाजसेवीको रुपमा परिचित नाम हो । विगत १४ बर्षदेखी संयुक्त राज्य अमेरिकाको लस एन्जलसलाई कर्मभुमी बनाएर बसोबास गर्दै आईरहनुभएका समाजसेवी लामाको छुट्टै पहिचान र सामाजिक प्रतिष्ठा नेपाली डायस्पोरामा छ ।
सबैप्रति सहयोगको भावना राख्ने लामा तामाङहरुको सामुदायिक संस्था तामाङ सोसाईटी अफ लसएन्जल्सको अध्यक्ष पनि हुन्। तामाङ सोसाइटी अफ नर्थ अमेरिका केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्ष भएर काम समेत गरिरहेका लामा हामी नेपाली ग्लोबलको अन्तराष्ट्रिय उपाध्यक्ष समेत हुन् । लामाले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, रिपोटर्स क्लब अमेरिका लगाएत थुप्रै संस्थाहरुसंग आबध्द भई काम गरिसकेका छन् ।

कोलोन क्यान्सर बाट पिडित लामा सदैव अरुका लागि अग्रपङ्तिमा उभिएर सहयोग गर्दै आएका उनलाई यतिबेला भने मुख्यगरि आर्थीक एंव मानसिक सहयोगको खांचो रहेको छ ।
अहिलेसम्म उनले १० वटा केमोथेरापी लिईसकेको छ र अहिले पछिल्लो अबस्थामा भने स्वास्थ्यमा विभिन्न असरहरु (side effects) देखिएकोले उनले शारिरिक तथा मानसिक रुपमा कमजोर भएको महसुस गरिएको छ ।
लामाले अन्तराष्ट्रीय हामि नेपाली ग्लोबल मार्फत नेपालको बिभिन्न जिल्लाहरुमा समेत भुकम्प पिडित र बिदेशमा अलपत्र भएका विदेशी कामदारहरुको नेपालमा उद्धार गर्ने र बाढीपहिरोबाट पिडित परिवारलाई लाई राहत सहयोगमा महत्वपुर्ण योगदान दिदै सयौ व्यक्तिहरूलाई सहयोग गर्दै आउनु भएको थियो ।
तर यतिबेला उहांलाई हामी सबैको सहयोगको खांचो परेको छ सो कोलोन क्यान्सर बाट पिडित भएको लामालाई सिघ्र स्वास्थ लाभको कामना गर्दै, मानसिक रुपमा उहांको मनोबल उच्च बनाउन पनि हामी सबैले जुटेर आ-आफ्नो ठाउँबाट सहयोग गरौं, सबैको सांझा प्रयास र सहयोगले उहाँलाई पहिलेकै सामान्य अबस्थामा फर्काउन सकौ ।
कोलोन क्यान्सर बाट पिडित भएको लामालाई सहयोग गर्न लसएन्जल्स स्थित नेपाल अमेरिका एकता समाजले गो फन्ड एकाउन्ट खोलेको छ, यसै तलको लिंक मार्फत सहयोगगरिदिनु हुन समेत सबैमा अनुरोध गर्नु भएको छ ।
https://gofund.me/bdc620f8
