
लायन्स क्लब र जमैका नेपाली समाज न्युयोर्कको रक्तदान सम्पन्न, १०४ औ पटक रक्तदान गरेकी सुसान पनि सहभागी

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । क्विन्स केटिएम लायन्स क्लब, लायन्स क्लब अफ क्विन्स बुद्ध र जमैका नेपाली समाजको संयुक्त आयोजनामा न्युयोर्कको क्विन्समा बृहद रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
हिजो मार्च २४, २०२४ आईतबारका दिन न्युयोर्कमा नेपालीहरुको नेतृत्वहरुमा रहेको लायन्स क्लब अफ क्विन्स बुद्ध, क्विन्स केटिएम लायन्स क्लब र जमैका नेपाली समाज न्युयोर्कको संयुक्त आयोजना र न्युयोर्क ब्लड सेन्टरको सहकार्यमा न्युयोर्कको क्विन्स ब्ल्भड स्थित टार्गेट मलमा बृहद रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका थिए । भने १०३ औ पटक रक्तदान गरिसकेकी चिनिया नागरिक सुसान वंगले रक्तदान गरेकी थिईन् यस् पटक पनि गरेर उनिले हाल सम्म १०४ पटक रक्तदान गरिसकेको समेत बताएकी थिईन् ।

रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई कार्यक्रम संयोजक, अध्यक्ष र उपस्थित लायन्स क्लबका नेतृत्वगणहरुले प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
साथै कार्यक्रममा स्वयंसेवकको भुमिका निर्वाह गरेका क्विन्स बुद्ध लियो क्लब र गौत्तम बुद्ध लियो क्लबका स्वयंसेवकहरु र कार्यक्रम संयोजक क्विन्स बुद्धका लायन चन्द्र नेपाली, क्विन्स केटिएमकी लायन आशा पाण्डे र जमैका नेपाली समाजका भिम न्यौपानेलाई क्लबका अध्यक्ष द्वय दिपक राज घिमिरे, रश्मी श्रेष्ठ र कृष्ण आचार्यले संयुक्तरुपमा प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।


