Banner

च्याम्पियन्स लिगको सेमिफाईनलको पहिलो खेल रियल र बायर्नले बराबरी खेलेको छ ।

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । च्याम्पिन्स लिगमा आज भएको सेमिफाईनलको पहिलो खेलमा रियल म्याड्रिड र बायर्न म्युनिख बिचको खेल बराबरीमा सकिएको छ । 

च्याम्पियन्स लिगको सेमिफाईनको पहिलो चरणको खेल बायर्न र रियल म्याड्रिडको खेल २-२ को बराबरीमा टुंगिएको छ । बायर्न म्युनिखको घरेलु मैदानमा भएको खेलमा बराबरी भएको हो । 

खेलको २४ औ मिनेटमा रियलका टोनि क्रुजले दिएको उत्कृष्ट पासको सदुपयोग गर्दै स्ट्राईकर भिनिसियस जुनिएरले उत्कृष्ट गोल गर्दा रियलले  खेलको पहिलो हाफमा १-० को अग्रता लिएको थियो । 

खेलको दोस्रो हाफमा बायर्नको तर्फबाट सानेले ५३ औ मिनेटमा उत्कृष्ट गोल गर्दा खेलमा टिमलाई बराबरीमा ल्याएको थियो । खेलको ५७ औ मिनेटमा बायर्नको स्ट्राईकर मुसियलालाई गोल पोष्ट नजिकै लडाएपछी पाएको पेनाल्टीलाई ह्यारी केनले सदुपयोग गर्दै खेलको ५७ औ मिनेटमा बार्यनलाई २-१ को अग्रता दिलाएको थियो । 

खेलमा दुबै टोलीबाट बराबरी खेल प्रस्तुत गरिरहदा खेलको ८३ औ मिनेटमा रियलका स्ट्राईकर रोड्रिगोलाई बार्यनको रक्षापंक्तीले डिबक्स भित्र लडाएपछी रियलले पेनाल्टी प्राप्त गरेका थिए, उक्त पेनाल्टीलाई भिनिसियसले उत्कृष्ट गोलगर्दै खेलमा टिमलाई बराबरीमा ल्याउदै निर्णायक गोल गरेका थिए । 

च्याम्पियन्स लिगमा फाईनलको यात्रा तय गर्नको लागी बायर्नले रियल म्याड्रिडको घरेलु मैदानमा मे ८ मा हुने दोस्रो खेलमा जित दर्ता गर्नु पर्ने छ । भने सेमिफाईनल अर्को खेलको पहिलो चरणको खेल भोली ३ बजे डर्टमन्डको घरेलु मैदानमा पिएसजी बिच प्रतिष्पर्धा हुने छ । 

 

 

Loading...