Banner

दुर्गा खनालले न्युयोर्कबाट ल्याईन ‘उठ न उठ मेरा सन्तति’ (भिडियो सहित)

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । गितकार दुर्गा खनालको शब्द तथा संगीतमा नयाँ म्यूजिक भिडियो सार्बजनिक भएको छ । गत शुक्रबार गायक स्वरूपराज आचार्य र स्वयं गितकार दुर्गा खनालको स्वरमा नयाँ गीत ‘उठ न उठ मेरा सन्तति’ आएको हो ।

 देश प्रतीकों माया र सद्भाव यस गीत मार्फ़त ब्यक्त गर्न खोजिएको छ।सबै एकजुट भएमा मात्रै हाम्रो पहिचान र स्वाभिमान दिगो रहन्छ भन्ने सन्देश दिन खोजिएको लेखनलाई चित्रण गरिएको यो शब्दहरुले देश प्रति समर्पित देश भक्तहरुको त्यो पवित्र मनहरुलाइ छुने प्रयास गरिएको छ ।सबैले आ-आफ्नो उत्तरदायित्व वहन गर्नको लागी यस गीतले हामी सबै नेपालीहरुलाइ आह्वान पनि गरेको छ ।

Screenshot

डि फोर क्रियसनको अफिसियल यूट्यूव च्यानलमार्फत सार्वजनिक भिडियोमा कलाकारहरु मिथिला शर्मा, प्रकाश दिप तिमल्सिना, न्यो सागर लामा, सुजन मोक्तान र अनिश खड्गीको अनिनय रहेको छ । भिडियोको निर्देशन सुरेन्द्र बसेलले गरेका छन्।  दुर्गा खनालका यसअघि पनि थुप्रै म्यूजिक भिडियोहरु आइसकेका छन् ।

Loading...