
‘संस्कार तथा आत्मिक ज्ञानको माध्ययमबाट जिबन व्यवस्थापन’ सम्बन्धि एक दिने गोष्ठी न्युयोर्कमा हुदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । आत्मिक गुरु रुपेश्वर गौर दास द्वारा ‘संस्कार तथा आत्मिक ज्ञानको माध्ययमबाट जिबन व्यवस्थापन’ सम्बन्धि एक दिने गोष्ठी न्युयोर्कमा हुने भएको छ ।
नेवा नखः न्युयोर्कको आयोजनामा आत्मिक गुरु रुपेश्वर गौर दास लगभग १ महिने अमेरिका शैद्धान्तिक भ्रमणमा रहने समयलाई अवसरको रुपमा प्रयोग गर्दै आगामी जुलाई २३,२०२४ मंगलबार सॅाझ ६ः३० बजे बाट न्युयोर्कको क्विन्स स्थित सत्य नारायण मन्दिरको हलमा १ दिने आत्मिक ज्ञान सम्बन्धी “संस्कार तथा आत्मिक ज्ञानको माध्ययमबाट जिबन ब्यवस्थापन” सम्बन्धी गोष्ठी हुने भएको हो ।

अहिलेको यस् भौतिक संसारिक जिबनमा हुने हरेक किसिमको भौतिक पापबाट टाढा रहन र आत्मा शुद्ध बनाई पुन्यको काममा अग्रसर हुन पनि यस् प्रकारका नैतिक, सांस्कारिक तथा आत्मिक शिक्षाको आवश्यकता अहिलेको समाजले गरिरहेको छ ।
आत्मिक गुरु रुपेश्वर गौर दासको न्युयोर्कबाट हुने आत्मिक गोष्ठी डाल्लास हुदै अमेरिका भ्रमण सम्पन्न हुनेछ ।
