
लण्डनमा छायांकन भएको अनिता र खेमको तिजको गितमा राजु र सुष्माको अभिनय (भिडियो सहित)
मकै हाउस सामुदायिक मिडिया,
लण्डन । लण्डनमा छायांकन भएको गायिका अनिता चलाउने र गायक खेम सेन्चुरीको तिजको गितमा लोक तथा दोहोरी गायक राजु ढकाल र कलाकार सुष्मा बस्यालले अभिनय गरेको छ ।
गायिका अनिता चलाउने र गायक खेम सेन्चुरीको युगल स्वरमा सजिएको “म राम्री की उ राम्रो भन्देउ” गितको बोलमा लोक तथा दोहोरी गायक राजु ढकाल र लण्डनलाई कर्मभुमी बनाउदै आएकी कलाकार सुष्मा बस्याल बस्कोटीले जोडदार अभिनय गरेका छन् ।

आरुषी मगरको कोरियोग्राफी र प्रशान्त खड्काको निर्देशनमा तयार भएको भिडियोलाई सुमन श्रेष्ठ र टिमको छायांकन र सम्पादन मनोज कार्कीले गरेका हुन् । भने बिश्व बस्ताकोटीको निर्माणमा भिडियो तयार भएको हो ।
अनिता र खेमको स्वरमा सजिएको उक्त गितमा संगित भने खेम सेन्चुरीको नै रहेको छ भने उक्त गितलाई नेत्र अर्यालले लेखेका हुन् । संगीत संयोजन बिनोद बराजुली, मिक्सिंग मास्टरिंग खडक बजुराली र रेकर्डिस्ट सागर बजुरालीको संयुक्त संयोजन रहेको गित मालाश्री स्टुडियोबाट तयार भएको हो ।
लण्डनको बिभिन्न रमणिय स्थलमा छायांकन भएको भिंडियोंका कलाकारहरुलाई मेकअप कलाकारद्वय लक्ष्मी तामांग, लक्ष्मी तामांग गाल्देन र बिमला तामांग गाल्देनको संयुक्त सहकार्यमा ओम ब्यूटी एण्ड हेयर सलोनको तर्फबाट मेकअप गरेका हुन् । भने भिडियोमा बिशेष सहयोगीको भुमिकाको रुपमा लक्ष्मी बस्नेत, शिखा खड्का, डिका खड्का, मुना गिरी, संगिता भण्डारी, बिमला रोका, निरु रेग्मी र अम्बिका कंडेलले बिशेष सहयोग पुर्याएका थिए ।
भिडियो लिंक 👇