Banner

संगिता थापा मगरको तिजको कोशेली “लै बरी लै लै” सार्बजनिक (भिडियो सहित)

 

मकै हाउस सामुदायिक मिडिया, 

न्युयोर्क । लोक तथा दोहोरी गायिका संगिता थापा मगरको तिजको कोशेली “लै बरी लै लै” सार्बजनिक भएको छ । 

गायिका थापा मगरको तिजको कोशेली “लै बरी लै लै” ५ दिन अघी लाफा ईन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो । 

गायिका संगिता थापा मगरको सुरिलो स्वरमा सजिएको “लै बरी लै लै” बोलको शब्द र संगित सिपी मगरको रहेको छ । भने संगित संयोजन बिनोद बजुराली, मिक्सिंग मास्टरिंग खडक बजुराली र रेकर्डिस्ट सागर बजुरालीको संयुक्त सहकार्यमा गरिएको उक्त गित मालाश्री  स्टुडियोबाट तयार भएको हो । 

स्मृती तिमल्सिना “गुरुआमा”को कोरियोग्राफी र निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मोडल अस्मिता रनपालको अभिनय र नृत्य रहेको छ । भने दुर्गा पौडेलको छायांकन र नबिन घर्ति मगरको सम्पादन रहेको छ । 

कबिता तोलांगीको मेकअप रहेको अडियो र भिडियो लाफा ईन्टरटेन्मेन्टले निर्माण गरेका हुन् । 

 

 

 

 

 

Loading...