Banner

ममता हत्याकाण्ड, नरेश संग लिईएको बयान (लिखित)

 

मकै हाउस सामुदायिक मिडिया,

मनासस । भर्जिनियाको मनाससमा घटेको नेपाली परिवारको घटनाले गहिरो रुप लिएपछी केहि वास्तबिकता बाहिरिएको छ । ममता काफ्ले जो भर्जिनियाको एक हस्पिटलमा रजिस्टर्ड नर्सको रुपमा कार्यरत थिईन् ।

आफ्नी पत्नी बेपत्ता भएको ३ हफ्ता बितिसक्दा पनि पतीबाट त्यस्तो गम्भिरता नदेखिएको र मनासस नेपाली समुदायको उच्च दबाब पछि स्थानिय प्रहरी प्रशासनले थालेको तिब्र अनुसन्धानमा ममताको पति नरेशले प्रहरीलाई सघाउन सहजता नदेखाए पछि प्रहरीको नजर नरेश माथि परेको हो । तर प्रहरी अनुसन्धान र चौतर्फि क्यामेराको अगाडी नरेशको पापी बिचारले काम नगर्दा अन्तत नरेशको कर्तुत बाहिरिएको हो ।

नरेशले ममताको हत्या प्रयास गरिरहदा ति १० महिने नाबालिका छोरीको कत्ती पनि माया लागेन ?

नरेशले दिएको बयान अनुसार, जुलाई ३० मा नै लडन काउन्टी अन्तर्गत पर्ने आफ्नै घरमा ममताको हत्या गरिएको रहेछ ।  ममताको हत्या र लाशलास ढाकछोप र बेपत्ता गर्न २ पटक नजिकको वालमार्ट सुपरमार्केटमा गएको देखिएको छ । वालमार्टबाट ३ थान चक्कु, बाध्ने तार र सरसफाईको सामग्री खरिद गरेको पाईएको छ ।

ममता हत्या योजना संगै आफु संग रहेको टेस्ला कार बिक्री पनि गरिसकेको र घर पनि बिक्री प्रक्रियामा रहेको बताएको छ ।

प्रहरीहरु अनुसन्धानको लागी ममता र नरेश सुत्ने कोठामा पुगेपछी पातलोरुपमा गुलाबी रंगहरु प्रमाणको रुपमा फेला परेपछि झनै पती नरेशमाथी प्रहरीको शंका बढेको हो ।

कोर्टमा नरेशले जजसामु दिएको बयानको आधारमा कोर्टमा सहभागी मनासस समुदायले तयार गरेको लिखित पत्र यहॅा राखिएको छ ।

 

 

Loading...