Banner

२१ बर्षिया नेपाली बिधार्थी मुना पाण्डेको टेक्ससमा गोली हानी हत्या

 

मकै हाउस सामुदायिक मिडिया, 

टेक्सस । संयुक्त राज्य अमोरिकाको टेक्सस राज्यको ह्युस्टन शहरमा बस्दै आएकी २१ बर्षकी मुना पाण्डेको गोलि हानि हत्या गरिएको छ । 

ह्युस्टन प्रहरीले दिएको जानकारी अनुसार हिजो सोमबार सॅाझ ५ः३५ बजे  मुना पाण्डे बस्ने आफ्नै अपार्टमेन्टमा मृत फेला परेको हो ।  गोली पाण्डेको छातीमा लागेको जनाईएको छ । 

घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले पाण्डेको शव फेला पारेको थियो। हालसम्म कुनै अपराधी पहिचान हुन सकेको छैन र अनुसन्धानमा रहेको पनि जनाईएको छ । गोली प्रहार भएको शवलाई पोस्टमार्टमका लागि पठाइएको र घटनामा संलग्न कसैलाई पक्राउ गर्न नसकेको प्रहरीले पुष्टि गरेको छ ।

 

Loading...