
अज्ञात बन्दुकधारीद्वारा न्युयोर्कको ज्याक्सनहाइटको गहना पसलमा लुटपाट ।
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । शुक्रबार साँझ न्युयोर्कको ज्याक्सनहाइट स्थित गहना पसलमा लुटपाट भएको छ । उक्त घटना ७४ स्ट्रीट ज्याक्सनहाइटमा रहेको एबीड ज्वेलर्समा लुटपाट भएको हो । बेलुका ६ बजेतिर लुटपाटपछि कालो कपडा लगाएको आंशका गरिएका तिन अज्ञात बन्दुकधारी महिलाहरू सेतो जिपमा भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

घटना भए लगत्तै प्रहरीको टोली एबीड ज्वेलर्समा पुगेको थियो । अज्ञात लुटेराहरुले फलामको हथौडाले पसलको सिसा फुटालेर गरगहना लुटपाट गरेको मकै हाउसलाई जानकारी प्राप्त भएको छ भने अरू घटनाबारे थप विवरण प्राप्त भएको छैन ।