Banner

भिनि जुनियर रातो कार्डका कारण बाहिरिए पनि खेल जित्दै लालिगाको पहिलो स्थानमा उक्लियो रियल म्याड्रिड

 

मकै हाउस मिडिया,

न्युयोर्क । भर्खरै सम्पन्न लालिगाको १९ औ खेलमा भ्यालेन्सियालाई हराउदै पहिलो स्थानमा रियल म्याड्रिड उक्लिएको छ ।

आज जनवरी ३, ईस्टर्न समय अनुसार ३ः०० बजे सुरु भएको लालिगाको १९ औ खेलमा भ्यालेन्सियाको घरेलु मैदानमा १-२ ले हराउदै रियल म्याड्रिड लालिगाको शिर्ष स्थानमा उक्लिएको हो ।

खेलको २७ औ मिनेटमा भ्यालेन्सियाका स्ट्राईकर डुरोले गोल गर्दै खेलमा रियल बिरुद्ध १-० को अग्रता लिएको थियो । दोस्रो हाल्फ पछि निकै रोमान्चक बनेको खेलमा भ्यालेन्सियाका खेलाडीले एमबाप्पेलाई डि-बक्स एरियामा लडाए पछि रियलले पेनाल्टी पाएको थियो । तर जुड बलिंघामले पाएको पेनाल्टीलाई गोलमा सदुपयोग गर्न नसक्दा रियल ०-१ ले पछि परेको हो । 

खेलको ७८ औ मिनेटमा भ्यालेन्सियाको किपरलाई धक्का लगाएपछि भीनिसिएस जुनियरले रातो कार्ड पाउदै मैदान बाहिरिएपछी खेलमा झनै रियल म्याड्रिडलाई दबाब थपिएको थियो । तर जब ८० औ मिनेटमा लुका मोड्रिचको आगमन भयो त्यसपछि खेलमा निकै ठुलो परिबर्तन भयो । खेलको ८५ औ मिनेटमा जुड बलिंघामको पासलाई सदुपयोग गर्दै लुका मोड्रिचले गोल गर्दा खेलमा १-१ को बराबरी गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थिए । 

खेलमा लगातार भ्यालेन्सिया माथि दबाब कायम राख्दै खेलको अतीरिक्त समय ९५ मिनेटमा भ्यालेन्सियाको रक्षापंक्तिको कमजोरीको फाईदा उठाउदै जुड बलिंघामले उत्कृष्ट गोल गर्दा जारी खेलमा उक्त गोल नै निर्णायक बनेको थियो । भने जित संगै ३ अंग जोड्दै लालिगाको शिर्ष स्थानमा उक्लिन सफल भएको हो । 

 

Loading...