Banner

रियल म्याड्रिडलाई हराउदै बार्सिलोनाले सुपर कपको उपाधी जितेको छ ।

 

मकै हाउस मिडिया, 

न्युयोर्क । सुपर कपको फाईनलमा रियल म्याड्रिडलाई ५-२ को अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधी जितेको छ । 

सउदी अरबको किंग्स अब्दुल्लाह स्टेडियममा सम्पन्न स्पेनिश सुपर कपमा आज रियल म्याड्रिडलाई २ को बिरुद्ध ५ गोलले पराजित गर्दै बार्सिलोनाले उपाधी जितको हो । 

खेलको ५ औ मिनेटमा भिनिजियस जुनियरले दिएको पासलाई सदुपयोग गर्दै केल्लिन एमबाप्पेले उत्कृष्ट गोल गर्दा खेलको सुरुवातीमै रियलले १-० को अग्रता लिएका थिए । २२ औ मिनेटमा लामिन यमलले उत्कृष्ट गोल गर्दा बार्सिलोना बराबरीमा आएको थियो । त्यस पछि खेलमा निरन्तर रियल बिरुद्घ दबाब दिदै ३६ औ मिनेटमा लेवान्डस्किले पेनाल्टी मार्फत दोस्रो गोल, ३९ औ मिन्टमा राफिन्हा द्वारा हेजर मार्फत गोल र पहिलो हाफको अतिरिक्त समय ४५+१० मिनेटमा बाल्डेले गोल गर्दा खेलको पहिलो बार्सिलोना ४ र रियल म्याड्रिड १ मा समाप्त भएको थियो । 

खेलको दोस्रो हाफको ४८ औ मिनेटमा राफिन्हाले गोल गर्दै खेलमा गोल अन्तरलाई टाढा बनाउदै जित पक्का पक्की गरेको हो । तर खेलमा बार्सिलोनाको ठिक डि-बक्स बाहिर गोलरक्षकले एमबाप्पेलाई ट्याक्कल गर्दै लडाए पछि गोल रक्षकले रातो कार्ड खादै मैदान बाहिरिदा बार्सिलोना १० खेलाडीमा सिमित हुनुपरेको थियो । फ्रिकिक मार्फत रोड्रिगोले उत्कृष्ट गोल गर्दै खेलमा टोलीलाई २-५ बनाएपनी अन्य गोल गर्न नसक्दा बार्सिलोनाले स्पेनिश सुपर कपको उपाधी जितेको हो । 

 

Loading...