Banner

नानाको बार्षिक गोष्ठी सम्पन्न, नवकार्यसमिती चयन, ”स्वास्थ्य सेवा,नर्सिङ र स्वास्थ्यकर्मीहरुको भूमिकामा नैतिक र कानुनी चुनौतीहरू” बारे बहस

 

मकै हाउस मिडिया, न्युयोर्क

न्युयोर्क । नेप्लिज अमेरिकन नर्सेस एसोसिएसन (NANA) ले आफ्नो १२औं वार्षिक गोष्ठी गत जनवरी ११,२०२५ शनिबारका दिन न्युयोर्कको क्वीन्स, रिजवुड स्थित नेपाली मन्दिरको सभाहलमा सम्पन्न गरेको छ ।

सेमिनारमा सहभागीहरुको दर्ता, र्याफल टिकट बितरण तथा सर्बेक्षण कार्यक्रम बिभागमा रजिष्टर्ड नर्सद्वय अनुपा थापा (बीएसएन, आरएन) र दीपसन खड्काद्वारा संयुक्तरुपमा वितरण गरी कार्यक्रमको सुरुवाती भएको थियो । 

 

नानाका कोषाध्यक्ष सनिता दास परियार (बीएसएन, आरएन)  र नानाका वर्तमान कार्यकारी समिति सदस्य सबिना श्रेष्ठले (बीएसएन, आरएन, सीसीआरएन) संयुक्तरुपमा संचालन गरेको गोष्ठीको अध्यता संस्थाकी अध्यक्ष डा. संगिता पुडासैनी-काप्रीले गर्नुभएको थियो । 

राष्ट्रिय गान र एक जीवन्त सांस्कृतिक नृत्य प्रदर्शनबाट सुरुवात भएको गोष्ठीमा स्वागत मन्तव्य, रुटजर्स युनिभर्सिटी-क्याम्डेनका सहायक प्राध्यापक तथा नानाका वर्तमान अध्यक्ष डा. पुडासैनी-काप्रीले राख्नुभएको थियो । 

गोष्ठीमा संस्थाकी सह-सचिव उर्मिला खड्काले नानाको इतिहास र यसका हालसम्मका गतिविधि र कार्यक्रमहरूबारे स्पष्ट पार्नुभएको थियो । 

गोष्ठीमा स्वास्थ्य संगै अन्य पेशमा आबद्ध बक्ताहरुको पनी पत्र प्रस्तुत गरिएको थियो । बक्ताहरुमा डा. विन्दु बाबु (एमडी, पीएचड) “कम्बेटिंग बर्नआउट्स, मानसिक स्वास्थ्य, र सेल्फ केयर” सम्बन्धी अन्तर्दृष्टिपूर्ण प्रस्तुती प्रस्तुत गर्नुभएको थियो भने ,  कानुनबिद अतिथी वक्ता दुर्गा भुर्तेलले “स्वास्थ्य सेवा, नर्सिङ र स्वास्थ्य पेशेवरहरूको भूमिकामा नैतिक र कानुनी चुनौतीहरू” बारे एक अर्थपुर्ण प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।

अन्य वक्ताहरू, लाची गुरुङ ( MSN, RN, FNP-C) ले “Advances Nurlinical C in U.S. शिक्षा र Opportunes Nurlinical C for Advances Nurslining”. र मोना भण्डारी (बीएसएन, आरएन)ले  “इन्टिमेट पार्टनर हिंसाको पहिचान र व्यवस्थापन” सम्बन्धी प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । 

संस्थाकी कोषाध्यक्ष सनिता दास परियारले नानाको २०२२ देखि २०२४ सम्मको आर्थिक गतिविधिको बारेमा छलफल र आर्थिक गतिबिधीबारे स्पष्ट पार्निभएको थियो । भने  संस्थाकी संस्थापक अध्यक्ष सुनिता भण्डारी  (एमएसएन, आरएन, एफएनपी-बीसी, CPN) ले संस्थाको नियम तथा बिधान परिमार्जन सम्बन्धी अपडेट र स्विकारोक्ती सम्बन्धी बिशेष अपडेट उपलब्ध गराउनु भएको थियो ।

संस्थाकी अध्यक्ष डा. पुडासैनी-काप्रीले नानाका प्रमुख उपलब्धिहरू र चलिरहेका गतिविधिहरू र नयाँ पहलहरूका लागि सिफारिसहरू सहितकोबिशेष अन्तर्दृष्टिपूर्ण र विचारशील प्रस्तुती प्रदान गर्नुभएको थियो भने । साथै २०२४-२०२६ को नवकार्यसमिती र कार्यकालका लागि नानाको नवनिर्वाचित कार्यसमिति सदस्यहरूको परिचय गराउदै स्वागत गर्नुभएको थियो । 

२०२४-२०२६ कार्यकालका लागि नानाका नवनिर्वाचित अध्यक्ष आङ याङ्की शेर्पा (MSN, RN, FNP-BC)द्वारा अध्यक्षीय मन्तव्य पनि राखिएको थियो । संस्थाकी अध्यक्ष डा पुडासैनी-कापरी र उपाध्यक्ष निमा शेर्पाको नेतृत्वमा प्रमाणपत्र वितरण र सम्मान समारोह सम्पन्न गर्नुभएको थियो ।

सेमिनारमा र्याफल विजेता घोषणाको साथै नाना सदस्यहरू, सामुदायिक संस्थाका अगुवाहरू, र नवनिर्वाचित नाना कार्यकारी बोर्ड सदस्यहरू बीच छलफल, प्रतिक्रिया, र भेटघाटको अवसरको लागि खुला फोरमको साथ सम्पन्न भएको गोष्ठीको समापन संस्थाकी उपाध्यक्ष निमा शेर्पा  (आरएन, बीएसएन)ले उपस्थित पाहुना, बक्ताहरु र सहयोगी सम्पुर्णलाई बिशेष धन्यबाद दिदै कार्यक्रमको समापन भएको थियो।

नेप्लिज अमेरिकन नर्सेस एसोसिएसन सम्बन्धी जानकारी प्राप्त गर्न तलको लिंकमा थिच्नुहोला । 

https://nanausa.org/home

Loading...