
रियल म्याड्रिड द्वारा म्यानचेस्टर सिटी पराजित
मकै हाउस मिडिया,
न्युयोर्क । युईएफए च्याम्पियन्स लिगको राउण्ड १६ छनौटको पहिलो खेलमा रियल म्याड्रिड द्वारा म्यानचेष्टर सिटी ३-२ ले पराजित भएको छ ।
च्याम्पियन्स लिगको राउण्ड १६ प्रबेश खेलमा आज सिटीको घरेलु मैदान ईतिहाद रंगशालामा भएको रियल र सिटी बिचको पहिलो खेलमा रियल द्वारा सिटी ३-२ गोलले पराजित पराजित भएको छ ।

खेलको १९ औ मिनेटमा अर्लिंग हालाण्डको गोलमा अग्रता लिएको सिटीले पहिलो हाल्फ १-० को अग्रता लिएको थियो । दोस्रो हाल्फको ६० औ मिनेटमा सेबाएसको पासलाई सदुपयोग गर्दै एमबाप्पेले गोल गर्दै खेलमा रियललाई बराबरीमा ल्याएको थियो । खेलको ८० औ मिनेटमा रियलका सेवाएसले फोडेनलाई डि-बक्स एरिया भित्र लडाएपछी सिटीले पेनाल्टी पाएका थिए । प्राप्त पेनाल्टीलाई हालाण्डले उत्कृष्ट गोल गर्दै खेलमा सिटीलाई २-१ को अग्रता दिलाए पनी लगत्तै ८६ औ मिनेटमा मोरोक्कन स्टार ब्राहिम डियाजसे गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए ।

रियल र सिटी बिच भएको कडा प्रतिष्पर्धात्मक खेलको ३ मिनेटको अतिरिक्त समयको खेलमा ९०+२ मिनेटमा भिनिसियस जुनिएरले दिएको उत्कृष्ट पासलाई कडा मेहनत संगै जुड बलिंघामले सिटीको जाली चुमाएपछी जारी खेलमा ३-२ को अग्रता लिदै खेल जितेको हो ।
राउण्ड १६ प्रबेशको निमित्त दोस्रो खेल रियल म्याड्रिडको घरेलु मैदानमा आगामी फेब्रुवरी १९,२०२५ बुधबारको दिनलाई पर्खनु पर्ने हुन्छ ।