Banner

बाल्टिमोरमा कारको ठक्करबाट सख्त घाईते बिधार्थी समिक्षा नेपाली थापाको सहयोगको लागी अपिल

 

मकै हाउस मिडिया, न्युयोर्क 

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड स्थित सिसिबिसी सामुदायिक कलेजमा अध्ययनरत नेपाली छात्रा समिक्षा नेपाली थापा कारको ठक्करबाट गम्भिर दुर्घटनामा परेपछी बाल्टिमोर एसोयिसन अफ नेप्लिज ईन अमेरिका (बाना)ले घाईते थापाको सहयोगार्थ गोफण्ड निर्माण गरी सहयोग संकलन गरेको छ । 

गत बर्ष २०२४ मा  उनि बिधार्थी भिसा मार्फत उच्च शिक्षा अध्ययनको लागी मिजुरी राज्यमा पर्ने वेबस्टर बिश्वबिधालयमा आएकी थिईन् । पछि सानै देखिको स्वास्थ्य पेशालाई हासिल गर्ने सपनालाई साकार पार्न म्यारिल्याण्ड राज्यको सिसिबिसी सामुदायिक बिधालयमा नर्सिंग अध्ययनको लागी आएकी थिईन् ।

गत जनवरी २४,२०२५ का दिन बाल्टिमोरको क्याटन्सभिलमा बाटो क्रस गर्ने बेला बतासिएर आएको कारले ठक्कर दिएर फरार भएपछी समिक्षा ठाउको ठॅाउमै ढलेकी थिईन् । पछि होस खुलेर आखा खोल्दा उनि हस्पिटलको शैयामा थिईन् । 

कारको ठक्करमा परेकी समिक्षालाई धेरै चोटपटक लाग्नुको साथै मष्तिस्कमा चोटपटक, शरिरको देब्रे भाग भाँचिएको,  पिसाब थैलीमा गम्भिर चोट सहित (जस्को तत्काल शल्यक्रिया आवश्यक थियो) सहित गम्भीर चोट लागेको थियो। थापाले अस्पतालमा तीन हप्ता बिताइसके पछी उनि डिस्चार्ज भएकी छन् । भने पुर्णरुपमा स्वस्थ्य हुन धेरै  उपचार र धेरै शल्यक्रियाहरू पार गर्नु पर्ने देखिन्छ । 

नेपाल स्थायी घर भीमाद-६, बगटार, तनहुँ, नेपालको एउटा सानो गाउँकी हुन् , जहाँ उनी स्वास्थ्य सेवाको माध्यमबाट अरूलाई मद्दत गर्ने आकांक्षाका साथ हुर्किदै सपाना साकार पार्न अमेरिका आएकी थिईन् । 

 

हाल अहिले उनिलाई दैनिकी चलाउन र घरको भाडा समेत तिर्न निकै नै कठिन भएको र अमेरिकामा आफ्नो आफन्त पनि कोही नभएकोले बानाले समिक्षाको सहयोगार्थ गोफण्ड मार्फत सहयोगको अपिल गरेको छ । सबैले मिली सहयोगको हात बढाउन हामी मकै हाउस मिडिया टिम पनि हार्दिक आग्रह गर्न चाहन्छौ । 

सहयोगको लागी गोफण्डको लिंक तल राखिएको छ । 

https://gofund.me/01656c8d

 

Loading...