
ट्रम्प प्रशासन अन्तर्गत हालका आप्रवासन नीति परिवर्तनहरू, ग्रिन कार्ड र एसाईलम धारीको सामाजिक संजाल चेक गर्ने, बासु फुलारा
मकै हाउस मिडिया, न्युयोर्क
न्युयोर्क । ट्रम्प प्रशासन अन्तर्गत हालका आप्रवासन नीति परिवर्तनहरू बारे जानकारी कानुन ब्यवसायी बासु फुलाराको सामाजिक संजाल फेसबुक मार्फत साभार गरिएको हो ।
१. सामाजिक सञ्जाल निगरानी कडा
• ग्रीन कार्ड र नागरिकता आवेदन दिने व्यक्तिहरूको सामाजिक सञ्जाल जाँच गरिने।
• USCIS ले आवेदनको विवरण फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता प्लेटफर्मसँग तुलना गर्ने।
२. बन्धपत्र (Bond) नीतिमा कडाइ
• क्रेडिबल फियर इन्टरभ्यू पास गरे पनि अदालतले बन्धपत्र दिन नसक्ने।
• केवल ICE ले बन्धपत्र दिने वा नदिने निर्णय गर्ने।
• थुनामा परेमा संघीय अदालतमा ह्याबियस कोर्पस दायर गर्न सकिने।
३. डिपोर्ट प्रक्रिया तीव्र
• अपराध संलग्न ग्रीन कार्डधारीहरूलाई छिटो डिपोर्ट गर्न सजिलो।
• इमिग्रेशन न्यायाधीशको डिपोर्ट रोक्ने अधिकार सीमित।
४. आवेदन प्रक्रिया ढिलो
• ग्रीन कार्ड र नागरिकता आवेदनको प्रक्रिया लामो।
• थप प्रमाण माग (RFE) को संख्यामा वृद्धि।
५. सार्वजनिक भार (Public Charge) नीति कडा
• सरकारी सहायता लिने सम्भावना भएका व्यक्तिहरूको ग्रीन कार्ड अस्वीकृत हुन सक्छ।
• आर्थिक स्थिति, कर विवरण, र स्वास्थ्य बीमाको आधारमा निर्णय हुने।

निष्कर्ष
• आप्रवासन प्रक्रिया कठिन।
• बन्धपत्र पाउन गाह्रो।
• डिपोर्टको जोखिम बढेको।
• आवेदन अघि कानुनी परामर्श लिन आवश्यक।
Note: यो जानकारी सामान्य जानकारीको लागि मात्र हो र कानुनी सल्लाह होइन। आप्रवासन सम्बन्धी कानुनी सहायता चाहिएको खण्डमा योग्य वकिलसँग परामर्श गर्नुहोस्।