Banner

न्युयोर्क, रिजवुडमा “नि:शुल्क स्वास्थ्य मेला“ हुदै

 

मकै हाउस मिडिया, सबिन चन्द ठकुरी

न्युयोर्क । न्युयोर्कको क्विन्स, रिजवुडमा नि:शुल्क स्वास्थ्य मेला हुने भएको छ । 

नेप्लिज अमेरिकन नर्सेस एशोसिएसन (नाना), रिजवुड नेप्लिज सोसाईटी, न्युयोर्क हेल्थ र क्विन्स बुद्ध लायन्स क्लब, न्युयोर्कको संयुक्त आयोजनामा  “नि:शुल्क स्वास्थ्य मेला” हुन लागेको हो । 

आगामी मे ४, २०२५ आईतबारका दिन क्विन्स, रिजवुड स्थित (1662 Stephen Street, Ridgewood, NY) नेपाली मन्दिरको प्रांगणमा दिनको १ः०० बजे देखी सॅाझको ६ः०० बजे सम्म उक्त “नि:शुल्क स्वास्थ्य मेला” चल्नेछ । 

नि:शुल्क स्वास्थ्य मेलामा बिभिन्न बिधाका दक्ष चिकित्सक र स्वास्थ्यकर्मीहरुको समुहले १. बाल्यकालको क्यान्सर सम्बन्धी जागरूकता, २ उच्च रक्तचाप जॅाच परिक्षण, ३. मधुमेह परिक्षण, ४. सामान्य शारीरिक परिक्षण, ५. बाल तथा बयष्क नेत्र परिक्षण र ६.मानसिक स्वास्थ्य सचेतना र परिक्षण सम्बन्धी सेवाहरु निशुल्करुपमा प्रदान गर्ने भएको छ ।

अन्य जानकारीको लागी राखिएको फ्लाएरमा दिईएको ईमेल मार्फत सम्पर्क गरी जानकारी लिन सकिन्छ । र यस् सुनौलो अवसरको फाईदा लिन पनी नछुटाउनि होला ।

 

Loading...