
अहमदाबाद जहाज दुर्घटनामा बाचेका एक मात्र रमेशको सनसनीपुर्ण बयान
मकै हाउस मिडिया,
अहमदाबादबाट लण्डनको लागी उडेको जहाज दुर्घटनामा बाचेका विश्वास कुमार रमेश बेलायती नागरिक भएको खुलेको छ । भारतमा रहेको परिवारलाई भेटी आफ्ना दाजु अजयराम रमेशसँगै बेलायत फर्कने क्रममा थिए ।
अहमदाबादबाट लण्डनको लागी उडेको जहाज एकै छिन पछी दुर्घटना भएको हो । चालक दलका सदस्य सहित २४२ जना सवार मध्ये १६९ भारतिय नागरीक, ५३ ब्रिटिस नागरिक, ७ पोर्चुगिज नागरीक र १ जना क्यानेडियन नागरिक रहेको खुलेको छ । तर जीवित उनी एक मात्र व्यक्ति हुन् । भने ४० वर्षीय विश्वास छाती, आँखा र खुट्टामा ‘इम्प्याक्ट इन्जुरी’ अर्थात् ठोक्किएर लागेको चोटका कारण हाल अहमदाबादको सिभिल अस्पताल, असारवाको सामान्य वार्डमा उपचाररत छन्।


ग्याटविकतर्फ जाँदै गरेको एयर इन्डियाको उक्त फ्लाइट-बोइङ ७८७–८ ड्रीमलाइनर—बिहीबार दिउँसो १:३९ बजे अहमदाबाद विमानस्थलबाट उडेको थियो । उडेको केहीबेरमै विमान दुर्घटनाग्रस्त भई आगोको लप्कामा परेको हो ।
विश्वासले भारतिय मिडियासँगको कुराकानीमा भनेका छन्, ‘विमान उडेपछि करिब ३० सेकेन्डमै ठूलो आवाज आयो र त्यसपछि विमान खस्यो । सबै कुरा एक्कासी भयो ।’