Banner

टाटा समुहले विमान दुर्घटनामा मृत्यु भएका परिवारलाई जनही १ करोड दिने

 

मकै हाउस मिडिया, 

 

टाटा समुहद्वारा संचालित कम्पनी एयर ईन्डियाको अहमदाबादमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका परिवारको सदस्यलाई जनही एक-एक करोड दिने घोषणा गरेको छ । 

उक्त घोषणा संगै समूहले दुर्घटनामा घाइते भएकाहरुको उपचारको सम्पूर्ण खर्चको साथै उनीहरूलाई आवश्यक पर्ने सबै सहयोग समेत कम्पनीले व्योहोर्ने बताएको छ ।

टाटा सन्स एण्ड एयर इन्डियाका, अध्यक्ष एन चन्द्रशेखरनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “एयर इन्डियाको उडान १७१ सँग सम्बन्धित भयानक घटनाबाट हामी दुःखी छौँ । यस क्षणमा हामीले महसुस गरिरहेको दुःख शब्दमा व्यक्त गर्न सकिँदैन ।”

“हाम्रा विचार र प्रार्थनाहरू आफ्ना प्रियजनहरू गुमाएका परिवारहरू र घाइते भएकाहरूसँग छन्,” विज्ञप्तिमा भनिएको छ, “टाटा समूहले यस दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिको परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति प्रदान गर्नेछ । हामी घाइतेहरूको उपचारको खर्च बहन गर्नेछौँ र उनीहरूलाई आवश्यक सबै हेरचाह र सहयोग सुनिश्चित गर्नेछौँ । यसबाहेक, हामी बीजे मेडिकलको लागि होस्टेल निर्माणमा मद्दत गर्नेछौँ ।”

 

Loading...