Banner

फिफा क्लब विश्व कप २०२५ आजबाट, पहिलो खेल ईन्टर माएमी र अल अहली बिच हुने

 

मकै हाउस मिडिया, 

न्युयोर्क । फ़िफा क्लब विश्व कप २०२५ आजबाट सुरु हुदैछ, पहिलो खेल संयुक्त राज्य अमेरिकाको ईन्टर माएमी र ईजिप्टको क्लब अल अहली बिच हुने भएको छ । 

फिफा क्लब विश्व कप २०२५को विश्वका सुप्रसिद्ध क्लब बिच हुने प्रतिष्पर्धा आजबाट सुरु हुदैछ । आज जुन १४ २०२५ बाट सुरु हुने यस् क्लबको महायुद्ध १ महिना सम्म चल्नेछ । भने संसारका ३२ क्लबले प्रतिस्पर्धा गर्नेछ ।

आजबाट सुरुहुने पहिलो खेल फ़्लोरिडाको हार्डरक स्टेडियममा ईस्टर्न समय अनुसार राती ८ः०० बजे माएमीको क्लब ईन्टर माएमी र ईजिप्टको क्लब अल अहली बिच कडा प्रतिस्पर्धा हुने छ । 

ईन्टर माएमीमा फुटवल जगतका हस्तीहरु लियोनेल मेस्सी, लुईस स्वारेज, सर्जिओ बस्किट र जोर्डी अल्बा जस्ता महान हस्तीहरु सम्मिलित क्लबलाई ईजिप्टको क्लबले  बाजी मार्ला त ? 

Loading...