
बोटाफोगो द्वारा पिएसजी पराजित, एट्लेटिको म्याड्रिडको गर या मरको अवस्था
मकै हाउस मिडिया,
न्युयोर्क । चालु फिफा क्लब विश्वकप २०२५ को समुह चरणको दोस्रो खेलमा पिएसजीलाई बोटाफोगो क्लबले हराएको छ ।
क्यालिफोर्नियाको रोज बउल स्टेडियममा सम्पन्न चालु फिफा क्लब विश्वकप २०२५ को समुह चरणको दोस्रो खेलमा पिएसजीलाई बोटाफोगो क्लबले १-० को गोल अन्तरले पराजित गरेको छ ।

पहिलो हाल्फको ३६ औ मिनेटमा साबारिनोले दिएको पासको सदुपयोग गर्दै आईगर जेससले उत्कृष्ट गोल गर्दै पहिलो हाल्फमा अग्रता बनाएका थिए । दोस्रो हाल्फमा पनी उत्कृष्ट प्रदर्शन गरेका ब्राजिलियन क्लब बोटाफोगोले पिएसजीले गोल गर्नबाट बन्चित बनाएपछी १-० गोलको अन्तरले भर्खरै च्याम्पियन्स लिग बिजेता पिएसजी क्लबलाई बोटाफोगो क्लबले हराएको हो । यस् जित संगै फोटाफोगो क्लबले ६ अंक जोडेको छ । भने एट्लेटिको म्याड्रिडले समुह चरण छनौटको लागी सोमबार हुने समुह चरणको खेलमा राम्रो गोल अंक सहित जित्नै पर्ने दवाब छ भने उता पिएसजी सोमबार नै हुने सियाटल संडर्सलाई पनी जित्नै पर्ने दवाव छ ।