Banner

फिफा क्लव विश्व कप २०२५को समुह चरणबाटै बाहिरियो एट्लेटिको म्याड्रिड, कुन-कुन टिम पुग्यो राउण्ड १६ मा ?


मकै हाउस मिडिया,

न्युयोर्क । जारी फिफा क्लव विश्वकप २०२५ को समुह चरणको ‘समुह बि’ को अन्तिम खेलमा बोटाफोगो बिरुद्ध एट्लेटिको म्याड्रिडले १-० को जित निकालेता पनी गोल फरकका कारण एट्लेटिको म्याड्रिड समुह चरणबाटै बाहिरिएको छ ।

‘समुह बि’ को अन्तिम खेलमा पिएसजीले सियाटल संडर्स र एट्लेटिको म्याड्रिडले बोटाफोगो संग समुह चरणको अन्तिम खेल खेलेको थियो । पिएसजीले सियाटल संडर्स बिरुद्ध २-० को जित निकाल्दै गोल फरकान्तरको आधारमा समुह बिजेता हुदै राउण्ड १६ मा प्रबेश गरेको छ । भने उता एट्लेटिको म्याड्रिडले फोटाफोगो बिरुद्ध १-० को जित निकालेपनी गोल पर्याप्त गर्न नसक्दा समुहको तेस्रो नम्बरमा रहदै समुह चरणबाटै बाहिरिएको छ । भने बोटाफोगोले आजको खेलमा हार व्योहोरेपनी अन्य पहिलेका दुबै खेल जित्दा समान ६ अंक सहित समुहको उपविजेता हुदै राउण्ड १६ मा आफ्नो स्थान पक्का गरेका हुन् ।

अर्को तिर भने बिभिन्न समुहका क्लवहरुले पछिल्ला ।समुह चरणको २ खेलमा राम्रो नतिजा निकाल्दै राउण्ड १६ मा समुह चरण अन्तिम खेल नखेल्दै राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

तेस्रो खेल खेल्नु पुर्व नै राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गर्ने क्लबहरु वायर्न म्युनिख, म्यानचेष्टर सिटी, जुभेन्टसर फ्लामेंगो सहित गरी ६ क्लबले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

 

Loading...