
“बर्तिका एम राई लाईभ ईन सान्फ्रान्सिस्को” हुदै, टिकट लिनु भयो ?
मकै हाउस मिडिया, क्यालिफोर्निया संवादाता
सान्फ्रान्सिस्को । क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्को शहरमा गायिका बर्तिका एम राईको लाईभ कन्सर्ट हुने भएको छ ।
प्रोजेक्ट ईन्टरटेन्मेन्टको आयोजनामा आगामी जुन २८,२०२५ शनिवार सॅाझ ७ः३० बजेबाट सुरुभई मध्यरात सम्म चल्ने “बर्तिका एम राईको लाईभ ईन सान्फ्रान्सिस्को” कन्सर्ट सानफ्रान्सिस्को स्थित 859 O”Farrell St. San Francisco, CA 94109 को हलमा हुने भएको छ ।


गायिक बर्तिका संगै युगल गुरुंग, दिवस गुरुंगको पनि सांगितिक प्रस्तुती रहनेछ भने ओपेनिंग एक्टको लागी कलाकारद्वय हस्की, निभु, लक्की र अभिजितको बिशेष प्रस्तुतीबाट कार्यक्रम सुरु हुनेछ । भने सांगितिक माहौल पश्चात डिजे कालेले आफ्नो डिजेयिंगबाट सानफ्रान्सिस्कोलाई झुामाउने छ । कार्यक्रमको होस्ट भने एरिसा श्रेष्ठ र बिवेक बन्जाडेले संयुक्तरुपमा गर्ने छ ।
कार्यक्रम सम्बन्धी सम्पुर्ण जानकारीको लागी हरी र बिवसलाई सम्पर्क गर्नुहोला ।