Banner

म्यानचेष्टर सिटीलाई हराउदै अल हिलाल क्वार्टरफाईनलमा प्रवेश

 

मकै हाउस मिडिया, 

न्युयोर्क । जारी फिफा क्लब विश्वकप २०२५ को राउण्ड १६ को खेलमा म्यानचेष्टर सिटीलाई हराउदै अल हिलाल क्वार्टरफाईनलमा प्रवेश गरेको छ । 

खेलको पहिलो हाल्फको ९ औ मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमा सिटीले १-० को अग्रता बनाएका थिए । खेलको दोस्रो हाल्फको १ मिनेटमै लियोनार्डोले गोल गर्दै खेलमा अल हिलाललाई बरावरीमा ल्याएको थियो । ५२ औ मिनेटमा माल्कोमले गोल गर्दै खेलमा अल हिलाललाई २-१ को अग्रता दिलाएको थियो । तर हालाण्डले ५५ औ मिनेटमा गोल गर्दै खेललाआ बराबरीमा ल्याए पछी ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएको थियो । 

३० मिनेट अतिरिक्त समयको ९४ औ मिनेचमा अल हिलालको तर्फबाट कौवालीले गोल गर्दै टोलीलाई ३-२ को अग्रता दिलाएको थियो । सिटीबाट खेलाडी परिवर्तन हुदै मैदान प्रवेश गरेका फिल फोडेनले १०४ औ मिनेटमा गोल गर्दै खेलमा सिटीलाई बराबरीमा ल्याएका थिए । त्यसपछी खेलको ११२ औ मिनेटमा पुन: लियोनार्डोले दोस्रो ब्यक्तिगत गोल गर्दै खेलमा अल हिलाललाई ४-३ को अग्रता दिलाए पछी सिटीको तर्फबाट बराबरी गोल गर्न नसक्दा अल हिलालले खेल ४-३ गोल अन्तरले जित्दै फिफा क्लब विश्वकप २०२५ को क्वार्टरफाईनल प्रवेश गरेको हो । 

 

Loading...