Banner

वायर्न म्युनिखलाई हराउदै पिएसजी सेमिफ़ाइनल प्रवेश

 

मकै हाउस मीडिया,

न्युयोर्क । जारी फिफा क्लब विश्वकप २०२५ को क्वार्टरफाईनल खेलमा वायर्न म्यूनिख क्लबलाई हराउदै पिएसजी क्लब सेमिफ़ाइनलमा प्रवेश गरेको हो । 

जर्जियाको मर्सिडिज बेन्ज स्टेडिएममा सम्पन्न फिफा क्लब विश्वकप २०२५ को क्वार्टरफाईनल खेलमा वायर्न म्यूनिख क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै पिएसजी क्लब सेमिफ़ाइनल प्रवेश गरेको हो । 

पिएसजीका तर्फबाट डिजाएर डुओले खेलको ७८ औ मिनेटमा उत्कृष्ट गोल गर्दै खेलमा आफ्नो टिमलाई १-० को अग्रता दिलाएको थियो, तर खेलको ८२ औ र ९०+२ मिनेटमा पिएसजीका २ खेलाडीले रातो कार्ड खादै मैदान बाहिरिए पनी वायर्न म्यूनिखले ९ खेलाडीको फाईदा उठाउन नसक्दा डेम्बेलेले ९०+६ मिनेटमा गोल गर्दै २-० को जित निकाल्दै सेमिफ़ाइनल प्रवेश गरेको हो । 

 

Loading...