
शशिकला मोक्तानको नयॅा सांगितिक कोशेली ‘उभो त शैलुङ लेकैमा’ (भिडियो सहित)
मकै हाउस मिडिया,
न्युयोर्क । गायिका शशिकला मोक्तानले नयॅा सांगितिक कोसेली “उँभो त शैलुङ लेकैमा” बोलको भिडियो सार्बजनिक गरेकी छन् ।
गायिका मोक्तानले सार्बजनिक गरेको ‘उँभो त शैलुङ लेकैमा‘ बोलको गितमा गायिका मोक्तानसंगै गायक चन्द्र कुमार दोंगको स्वर रहेको उक्त गितलाई गितकार ईन्द्रराम मोक्तानले लेखेका हुन् भने, संगित गायिका स्वयं शशिकलाको रहेको छ । संगम स्टुडियोमा तयार पारिएको यस् गितलाई नोर्बु शेर्पाले एरेन्ज र मित्र लामाले मास्टर तथा मिक्सिंग गरेका हुन् ।

नायक कुन्साङ बोम्जन र मोडल अम्बिका तामाङको अभिनय रहेको यस गितको भिडियोका क्रियटिभ निर्देशक सुन्दर योन्जनले कलर करेक्सन गरेका हुन् भने निर्देशन रुपेश खड्काले गरेका हुन् । केशव कटुवालको छायांकन, निमा सांग्मु शेर्पाको कोरियोग्राफी र श्याम लिम्बु र बिरेन लामाले संयुक्तरुपमा सम्पादन गरेको भिडियोको लाईन निर्माता ग्याम्जो लामा हुन् भने दावा दोर्जि लामाले निर्माण गरेका हुन् ।
गायिका शशिकला मोक्तान केहि बर्ष देखि न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेकी छन् भने प्रवासबाटै गित र संगितलाई पनि निरन्तरता दिदै आईरहेकी छन् ।