Banner

पिएसजीलाई पराजित गर्दै चेल्सीले फिफा क्लब विश्वकप २०२५ को उपाधी जितेको छ ।

 

मकै हाउस मिडिया, 

न्युयोर्क । फिफा क्लब विश्वकप २०२५ को उपाधी चेल्सीले जितेको छ । 

न्युजर्सी स्थित मोटलाईफ स्टेडिएममा भर्खरै सम्पन्न फिफा क्लब विश्वकप २०२५को उपाधी पिएसजी क्लबलाई ३-० को गोल अन्तरले पराजित गर्दै चेल्सीले जितेको हो । 

खेलको पहिलो हाफको २२ औ मिनेटमा कोल पाल्मरले गोल गर्दै १-० को अग्रता बनाएका थिए । त्यसपछी ३० औ मिनेटमा पाल्मरले दोस्रो गोल र ४३ औ मिनेटमा जाओ पेड्रोले गोल गर्दै पहिलो हाफमै चेल्सिले ३-० को अग्रता बनाएको थियो । 

खेलको दोस्रो हाफमा कुनै पनि गोल हुन नसकेपछी खेल चेल्सीले ३-० को गोल अन्तरले जित्दै उपाधी जितेको हो । 

 

Loading...