Banner

फिप्ना र तामाङ सोसाईटी अफ अमेरिकाको संयुक्त आयोजनामा “कुलमान घिसिङ, मिट एण्ड ग्रिट” न्युयोर्कमा हुदै

 

 

मकै हाउस मिडिया, अक्कल तामाङ

अमेरिकामा बसोबास गर्ने नेपाली आदिवासी जनजाति समुदायले गर्वका साथ आयोजना गर्न लागेको ‘Meet & Greet’ भेटघाट कार्यक्रम अब केही दिनमै हुने भएको छ। नेपालमा लोडसेडिङ अन्त्य गरेर विद्युत क्रान्ति ल्याउने अभियन्ता तथा राष्ट्रिय प्रेरणाका स्रोत इन्जिनियर कुलमान घिसिङ यस विशेष कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ।

यो कार्यक्रम ‘Federation of Indigenous Peoples of Nepal in America (FIPNA)’ र ‘Tamang Society of America’ को संयुक्त आयोजनामा हुन लागेको हो। साथै अन्य दर्जनौं जातीय तथा सामाजिक संस्थाहरूको पनि समर्थन तथा सहभागिता रहेको छ।

कार्यक्रमको मूल उद्देश्य ।
नेपाली समाजमा सकरात्मक सोच, नेतृत्व क्षमता र सेवामूलक भावनाको विकास ।
प्रवासमा रहेका नेपालीहरूले नेपालको ऊर्जा, विकास र राष्ट्रनिर्माणका मुद्दामा पनि सरोकार राख्नुपर्ने सन्देश प्रवाह गर्नु ।
कुलमान घिसिङ जस्ता उदाहरणीय व्यक्तित्वहरूबाट प्रेरणा लिने अवसर सिर्जना गर्नु रहेको छ ।

कार्यक्रममा अमेरिका भरिका नेपाली समुदायका अगुवा, समाजसेवी, पेशाकर्मी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। कुलमान घिसिङजस्तो राष्ट्रिय व्यक्तित्वसँग प्रत्यक्ष भेटघाट, अन्तरक्रिया र प्रेरणादायी संवाद गर्ने दुर्लभ अवसर यो कार्यक्रमले दिनेछ।

कार्यक्रमको तालिका यस प्रकार छ ।
मिति: आइतबार, अगस्ट ३
समय: साँझ ७:३० बजेदेखि
स्थान: एल्महर्स्ट हस्पिटलको अडिटोरियम, 79-01 Broadway, Elmhurst, NY 1137

सम्पर्क विवरण ।
आधिकारीक जानकारीका लागि निम्न सम्पर्कहरूमा जानकारी लिन सकिन्छ ।
तोरण गुरुङ:
646-727-5223

दिपक चौधरी:
347-693-5342

तुल ब तामाङ:
646-644-4603

 

Loading...