Banner

किरात याक्थुङ चुम्लुङ अमेरिका द्वारा सिसेक्पा तङ्नाम २०२५ विशेष कार्यक्रम सम्पन्न

 

मकै हाउस मिडिया, 

न्युयोर्क । किरात याक्थुङ चुम्लुङ अमेरिका द्वारा आयोजना गरिएको यश वर्षको सिसेक्पा तङ्नाम २०२५ विशेष कार्यक्रम सम्पन्न भएको छ ।

गत आइतबार अमेरिका न्युयोर्क स्थित क्विन्स ब्रीड्ज पार्कमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली महावाणिज्यदूतावास, न्युयोर्कका महावाणिज्यदूत दधिराम भण्डारी प्रमुख अतिथि रहेका थिए । भने आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, किरात याक्थुङ चुम्लुङ अमेरिकाका सस्थापक अध्यक्ष श्याम मेन्याङ्बो कानुनी सल्लाहकार दुर्गा सुब्बा र मिल्ट्री अड्भाइजर मिस्नरी अफ नेपालका कर्णेल रोहित गुरुङ विशेष अतिथि रहेका थिए । त्यसै गरि चलचित्र निर्देशक किशोर सुब्बा उद्यमि व्यावसायि तथा समाजसेवी केशवराम राई पुर्व ए आइ जि अमर नेम्वाङ निर्त्य निर्देशक गोविन्द राई नेपाली कलाकार संघ अमेरिकाको अध्यक्ष बसन्ती राई लगायत विशेष व्यक्तित्वहरुको उपस्थिती रहेको यश वर्षको सिसेक्पा तङ्नाम कार्यक्रममा किरात याक्थुङ चुम्लुङ नेपालको पुर्व उपाध्यक्ष लिला सिङगक तुम्याहाङ प्रेम मेन्याङ्बो शिव लाबुङको नेतृत्वमा धान नाच के लाङ प्रस्तुत भएको थियो ।

कार्यक्रममा नेपाल लगायत अमेरिकाको अन्य स्टेटबाट आएका लिम्बू दाजुभाइ तथा दिदिबहिनीहरुलाई प्रमुख अतिथिबाट खादा ओढाई सम्मान गरिएको थियो भने बिङ्गो, छेलो, डोरि तान्ने लगायतका खेलहरु भएका थिए। उक्त कार्यक्रममा कलाकार नवीना लिम्बू र सनाया थापाको बेजोड नृत्य प्रस्तुति रहेको थियो । प्रमुख अतिथि दधिराम भन्डारीले लिम्बू जातिको सिसेक्पा तङ्नाम जस्तै अन्य जातिहरुको पनि विशेष पर्वहरु मनाउनु आवश्यक छ र यस्का लागी महावाणिज्यदूतावासको तर्फबाट आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

त्यस्तै कार्यक्रमका सभापति तथा किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्ष पुरन पयाङ्गु लिम्बुले आफ्नो सस्कार सस्कृती चाडपर्व आदिको प्रबर्द्धन गर्दै भावी पुस्ताहरुलाई पुस्ता हस्तान्तरणका लागि सिसेक्पा तङ्नाम जस्तो पर्वहरुको विशेष कार्यक्रम गर्नु आवश्यक रहेको बताए । लिम्बू तथा गैर लिम्बुहरुको उल्लेख्य उपस्थिति रहेको यस वर्षको सिसेक्पा तङ्नाम विशेष कार्यक्रम सस्थाका अध्यक्ष पुरन पयाङ्गु लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

Loading...