Banner

“अब गाऊछ अमेरिका” न्यूयोर्कबाट सुरु हुने, बद्री पंगेनी, एलिना चौहान, प्रताप दास र कला लम्सालको बेजोड प्रस्तुती

 

मकै हाउस मिडिया, बिमल डॅागी

न्यूयोर्क, अगस्ट १६ – नेपाली लोक तथा आधुनिक गीत–संगीतका चर्चित कलाकारहरू समेटिएको भव्य सांगीतिक भ्रमण तथा सांस्कृतिक कार्यक्रम “ABA GAUCHHA AMERICA” अमेरिकाका विभिन्न शहरहरूमा आयोजना हुँदैछ। नेपाली कला, संस्कृति र संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु गरिएको यस ऐतिहासिक सांगितिक यात्रा FLY NEPA TRAVEL को आयोजनामा सम्पन्न हुँदैछ।

यस सांगीतिक यात्राको पहिलो प्रस्तुति न्यूयोर्कको Gulshan Terrace (39-15 29th Ave, Woodside, NY 11377) मा आयोजना हुने भएको छ। कार्यक्रम अगस्ट १६, २०२५ मा राति ८ बजेबाट बिहान २ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा नेपाली संगीत क्षेत्रमा विशिष्ट पहिचान बनाएका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ:
• 🎙️ वरिष्ठ लोक तथा दोहोरी गायक बद्री पंगेनी
• 🎙️ चर्चित गायक प्रताप दास
• 🎙️ चर्चित गायिका एलिना चौहान
• 🎙️ लोक तथा दोहोरी गायिका कला लम्साल

कार्यक्रममा लाइभ म्युजिक र डीजे सत्र समेत समावेश रहने आयोजकहरूले जानकारी दिएका छन्।

नेपाली समुदायमा सांगीतिक चेतना फैलाउने र मौलिक संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको छ।

कार्यक्रमलाई थप सफल र ऐतिहासिक बनाउन आयोजकले सबैलाई उपस्थितिका लागि आग्रह गरेका छन्।

📞 सम्पर्क:
• (646) 693-9501
• (929) 462-7094
• (917) 415-2358
• (646) 750-2958

 

 

Loading...