Banner

ईन्टर माएमीलाई हराउदै लिग्स कप २०२५ को उपाधी सियाटल साउण्डर्सले उचालेको छ ।

 

मकै हाउस मिडिया, 

न्युयोर्क । ईन्टर माएमीलाई हराउदै सियाटल साउण्डर्सले लिग्स कपको उपाधी जितेको छ । 

सियाटल साउण्डर्सको घरेलु मैदान लुमेन फिल्डमा सम्पन्न आजको लिग्स कप २०२५ को फाईनल खेलमा ईन्टर माएमीलाई ३-० को अग्रताले हराउदै सियाटल साउण्डर्सले लिग्स कप २०२५ को उपाधी जितेको हो । 

खेलको पहिलो हाल्फको २६ औ मिनेटमा डि रोजारियोको उत्कृष्ट गोलले अग्रता लिएपछी पहिलो हाल्फको समाप्ती भएको थियो । खेलको दोस्रो हाल्फमा ईन्टरमाएमीले आक्रामक खेल खेलेपनी सियाटल साउण्डर्सको काउण्टर अट्याकको अगाडी केही लाग्न सकेन । 

खेलको दोस्रो हाल्फको ८४ र ८९ औ मिनेटमा सियाटल साउण्डर्सको तर्फबाट गोल हुदा ईन्टरमाएमीले लिग्स कप २०२५ को उपाधीबाट पछाडी हट्नु परेको हो । 

 

Loading...