
अस्ताईन् लोक तथा मौलिक सेलो गीतका वरिष्ठ गायिका इन्दिरा गोले
मकै हाउस मिडिया,
काठमाडौं । लोक तथा मौलिक सेलो गीतका वरिष्ठ गायिका इन्दिरा गोलेको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसंग लड्दै आएकी थिइन् ।
विगत ३५ वदेखि नेपाली ठेट गीतको गायनमा व्यस्त लोकगायिका इन्दिरा गोले विभिन्न भाषा, भाका र भेगका ५ हजारभन्दा धेरै गीतमा स्वर भरेकी थिइन् । वरिष्ठ गायिका गोलेले काठे लोकदोहोरी, पश्चिमेली लोकदोहोरी, तामाङ सेलो, देउडा जस्ता हजारौं गीतमा स्वर दिइसकेकी छन्।

