Banner

गितकार अरुणा रुम्बाले न्युयोर्कबाट ल्याईन “टाढा नजाऊ” (भिडियो सहित)

 

 

मकै हाउस मिडिया, न्युयोर्क

न्युयोर्क । गितकार तथा समाजसेवी अरुणा रुम्वाले न्युयोर्कबाटै अर्को सांगितिक कोशेली “टाढा नजाऊ” लिएर आएकी छन् ।

बिगत दशक देखि गित लेखनमा समर्पित गितकार अरुणा रुम्बाले भर्खरै “टाढा नजाऊ” बोलको भिडियो सार्बजनिक गरेकी छन् । दर्जनौ गित लेखिसकेकी गितकार रुम्बाको शब्दमा बहुचर्चित गायक राजेश पायल राई सहित धेरैले स्वर दिईसकेका छन् । 

यस्पाली सार्बजनिक गरेको “टाढा नजाउ” बोलको गितमा अनुज लामाले स्वर दिएका छन् भने संगित पनी गायक लामाकै रहेको छ । ए वन स्टुडियोबाट तयार भएको गितमा एरेन्ज निरोज लामा, मिक्सिंग मास्टरिंग किशोर थापा र रेकर्डिस्ट राजेश श्रेष्ठ रहेका छन् । 

आफ्नी प्रेमिकालाई स्वेदशमै छाडी धन कमाउन बिदेश जान खोज्दा भौतारिन खोजेका जोडीलाई कथामा उतार्न खोजिएका कथामा पुनम लक्ष्मी मगर र पुकार चापागाईले अभिनय गरेका छन् । 

किरण चापागाईको कथा र निर्देशनमा तयार भएको भिडियोको छायांकन पंकज महराले गरेका हुन् । भने कलर र सम्पादन धिरज अधिकारीले गरेका हुन् । सहायक छायाकार संस्कार उपाध्याय, मेकअप कृपा तीमील्सिना, प्रोडक्सन व्यबस्थापन सन्तोष बिष्ट, आर्ट निर्देशक सरोज खड्का, यातायात प्रकाश खरेल र पोष्ट प्रोडक्सनमा अण्डर एक्सप्रेस सिनेमाको सहायक टोलीले बिशेष भुमिका खेलेका छन् । 

गितकार रुम्बा गित लेखन बाहेक सामाजिक कार्यमा पनि सकृय छिन् , बिभिन्न संघ-सस्थामा काम गरिसकेकी रुम्बा बिगत ४ बर्ष देखि क्विन्स केटिएम लायन्स क्लब, न्युयोर्कको सदस्य, कोषाध्यक्ष हुदै हील दोस्रो उपाध्यक्षको रुपमा सेवा पुर्याईरहेकी छन् । 

 

 

Loading...