
न्युयोर्कमा आज जेन-जी समर्थन र अन्याय बिरुद्ध नारा गुन्जने
मकै हाउस मिडिया,
न्युयोर्क — न्युयोर्क सहरमा आज जेन-जी पुस्ताको समर्थन र अन्यायका विरुद्ध नारा गुन्जिने तयारीमा रहेको छ। युवा पुस्ताले सामाजिक न्याय, समान अवसर, चरम भ्रष्टाचार र दमनकारी संरचनाको अन्त्यका लागि नेपालमा शान्तिपूर्ण र्याली गरिरहदा सरकारले गरेको अत्याचार बिरुद्ध आवाज बुलन्द गर्ने भएको हो।

न्युयोर्कको ज्याक्सन हाईट्स स्थित डाईभर्सिटी प्लाजामा सॉझ ७:३० बजे न्युयोर्क र न्युयोर्कको आसपास क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले नेपालमा जेन-जी समुहले गरेको भ्रष्टचार बिरुद्धको शान्तिपूर्ण र्यालीमा प्रहरीको गोली खाई १६ जनाले ज्यान गुमाएका छन् । अति अत्याचार र निरंकुशताले सिमा पार गरेकोले जेन-जीको समर्थन र १६ जना युवाको आत्मिक न्यायको निमित्त कोणसभा कार्यक्रम गर्न लागिएको हो ।
उक्त सचेत गराउने र न्यायको लागी लड्ने कार्यक्रममा सहभागी जनाउन सम्पूर्ण न्युयोर्क र न्युजर्सी वासीलाई आ-आफुलाई मनमा लागेको बिचार सहितको प्लेकार्ड लिई सहभागी हुन हारेदिक अनुरोध गरिन्छ ।

