Banner

नेपालको अहिलेको पिडा भुलाउन आज न्युयोर्कमा सबिन राईको कन्सर्ट हुदै

 

मकै हाउस मिडिया, 

न्युयोर्क । नेपालमा अहिलेको अवस्थालाई मध्य नजर गर्दै केहि मात्रा पिडा भुलाउन भएपनि सबिन राईको कन्सर्ट हुने भएको छ । 

भटु ईभेन्ट्स, के गरिरा ? र मोमो ईन्टरटेन्मेन्टको संयुक्त आयोजनामा न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुम (Melrose Ballroom- 36-08 33rd st, Queens, NY 11106) मा सॅाझ १०:०० बजे देखि बिहान ४:०० बजे सम्म सबिन राई एण्ड दि फारोह लाईभ ईन न्युयोर्क हुने भएको हो । 

आयोजक भटुका अनुसार “अहिले नेपालको बर्तमान अवस्था देखि हामी पनी धेरै चिन्तित छौ, यो हाम्रो कार्यक्रम ३ महिना पहिले नै तय भएको थियो, अहिलेको अवस्था देखेर कार्यक्रम सार्ने योजना पनि बनाएका थियौ तर देशले नयॅा प्रधानमन्त्री पाएपछी केहि आशाको जाग्दै थोरै भएपनी पिडालाई कम गर्न सकिन्छ कि भनेर हामिले यो कार्यक्रम “सेलिब्रेसन अफ न्यू एरा”को नाम दिंई आज नै गर्ने भएको हो” 

Loading...