Banner

म्याग्दी समाज न्युयोर्क अमेरीकाको आयोजनामा खुल्ला ब्याटमिन्टन प्रतियोगीता सम्पन

 

मकै हाउस मिडिया, न्युयोर्क

न्युयोर्क । म्याग्दी समाज न्युर्योक अमेरीकाले लडआइसल्यण्ड मा नेपाली हरुको महान पर्व विजया दशमीको अवसरमा भेटघाट तथा शुभकामना आदान प्रदान र अमेरिकामा बसोबास गर्ने खेलाडी तथा खेल प्रेमी नेपाली हरुबिच भाइचारा स्थापना गर्ने उद्देश्य का साथ आयोजित व्याटमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।

कार्यक्रम संयोजक जिवन पुनको अध्यक्षता संस्थाको अध्यक्ष तिर्थ घर्तीमगरको प्रमुख आतिथ्यता रहेको कायंक्रममा अतिथी हरु कार्यक्रम सहसंयोजक विजय जुग्जाली संस्थाको महिला उपाध्यक्ष्य प्रतिमाया पुन सल्लाहकार मन प्रसाद रोका ; याम पुन मगर , रमेशतुलाचन खेलकुद संयोजक हरी राना मगरसंघ अमेरीका न्युर्योक च्याप्टरका अध्यक्ष्य रत्नसिङ गर्बुजा उपस्थीती रहेको कार्यक्रम मा आगन्तुक सम्पुर्णलाई संस्थाका वरिष्ठ उपाध्यक्ष्य सोम वुढाथोकी ज्युले स्वागत मन्तव्य द्वारा स्वागत गर्नु भएको थियो भने कार्यक्रम माहासचिव चक बहादुर पाइजाले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न राज्यहरूबाट २८ टिमको सहभागीता रहेको मा टिम बाल्टीमेरिका कुल रोका र किशोर श्रेष्ठ को टिम प्रथम आयोजक टिमका अमृत जुग्जाली र एलन पुन को टिम दित्तीय र जिवन पुन र विन्दु कुमार पुनको टिम ले तृतीय स्थान हासील गर्न सफल भए त्यस्तै टिम ओहायोका खेलाडी शुशिल शुब्बा सर्वोत्कृष्ट खेलाडी हुन सफल हुनुभयो ।

बिजेता सम्पुर्ण टिम लाईनगद ट्रफी मेडल र प्रमाण प्रत्र द्वारा पुरस्कृत गरियो Iसहभागी खेलाडी तथा कार्यक्रममा सहयोग गर्ने सहयोगी दाताहरुलाई प्रमाणपत्र द्वारा सम्मान पनी गरीयो ।

 

 

Loading...