Banner

मगर संघ अमेरिकाद्वारा न्युयोर्कमा देउसी–भैलो कार्यक्रम २०२५ भव्यरुपमा मनाउने

 

मकै हाउस मिडिया, 

न्यूयोर्क । मगर संघ अमेरिकाले यस वर्षको देउसी–भैलो कार्यक्रम २०२५  भव्य रूपमा आयोजना गर्ने भएको छ। नेपालीहरूको महान् चाड तिहार (दिपावलि)को अवसरमा आयोजना हुने यस कार्यक्रमले अमेरिका बसोबास गर्ने सम्पूर्ण मगर तथा नेपाली समुदायबीच आपसी एकता, संस्कृतिको संरक्षण र विस्तारमा टेवा पुर्‍याउने संघको उद्देश्य रहेको छ।

कार्यक्रम आगामी अक्टोबर २०, २०२५ (सोमबार) का दिन सॅाझ ६:०० बजे बाट न्युयोर्कको वुडसाईड स्थित मगर संघ अमेरिकाको केन्द्रीय कार्यालय मार्फत आयोजना हुने भएको हो। न्युयोर्क भन्दा बाहिर रहेका शुभचिन्तकहरुलाई भर्चुअली सहभागिता जनाई दक्षिणा दिन पनी आग्रह गरेका छन् । 

संघले सबै मगर र गैरमगर दाजुभाइ, दिदीबहिनी र शुभेच्छुकहरूलाई  देउसी–भैलो कार्यक्रममा सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेको छ।

मगर संघ अमेरिकाले हालै अघि सारेको “मगर सांस्कृतिक केन्द्र” स्थापनाको दीर्घकालीन योजनालाई सफल पार्ने अभियानमा पनि यो कार्यक्रम कोशे ढुंगा सावित हुने अपेक्षा गरिएको छ।

संघले शुभ दिपावलिको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेको छ।

 

 

Loading...